back
NMB ad

२२ हजार ७८६ डलरसहित पाँच पक्राउ

Kumari bank ad

चितवन । चितवन प्रहरीले २२ हजार ७८६ अमेरिकन डलरसहित पाँच जनालाई पक्राउ गरेको छ ।

चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कूँवरका अनुसार उनीहरुलाई काठमाडौँबाट काँकडभिट्टा जाने क्रममा चितवनमा गाडी चेक गर्दा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा म्याग्दी बाबियाचौर–५ का २८ वर्षीय नवीन क्षेत्री, म्याग्दी अर्मन गाविस–५ का २८ वर्षीय शेरबहादुर रोका, म्याग्दीकै बीमाका २० वर्षीय बादल जुग्जाली, सोही जिल्लाको ओखरबोट गाविस–५ बस्ने २२ वर्षीय मनोज बूढा र सोही ठाउँका ३३ वर्षीय मनोज भण्डारीलाई पक्राउ गरिएको कुँवरले बताउनुभयो ।

उहाँका अनुसार डलर बोकेर हिँड्न स्वीकृति चाहिनेमा कुनै पनि कागजपत्र नभेटिएकाले पक्राउ गरिएको छ । जेठ २७ गते पक्राउ परेका उनीहरुलाई अहिले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशितः २०७३ जेठ २९

वि.सं.२०७३ जेठ २९ शनिवार १०:२९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...