back
NMB ad

८२ स्थानीय तहको निर्वाचनको नतिजा प्राप्त

Kumari bank ad

काठमाडौँ। यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा भएको निर्वाचनको हालसम्म ८२ तहको परिणाम प्राप्त भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार आज बिहान ११ बजेसम्म प्राप्त परिणाम अनुसार नेकपा (एमाले) ३४, नेपाली काँग्रेस ३१ र नेकपा (माओवादी केन्द्र० १५ वटा स्थानीय तहको नेतृत्व लिन सफल भएका छन् । त्यस्तै सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनमोर्चाले एक÷एक स्थानीय तहमा विजय हासिल गरेका छन् ।

उपाध्यक्ष एवम् उपप्रमुखमा एमाले ३४, काँग्रेस २८, माओवादी केन्द्र १४, सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनमोर्चाले एक÷एक स्थानमा जित हासिल गरेका छन् ।

ताप्लेजुङको फातालुङ गाउँपालिकाको मतपेटिका सङ्कलन हुन अझै बाँकी छ भने अछामको चोरपाटी गाउँपालिकाको वैजनाथ मावि हाडाकोटमा कार्यकर्ताभित्र प्रवेश गराउने विषयमा विवाद भएका कारण मतगणना सुरु हुन बाँकी नै रहेको जनाइएको छ ।

झापाको बुद्धिशक्ति गाउँपालिका–१ मा उम्मेदवार र उद्घोषकले घोषणा गरेको परिणाम तथा नवलपरासीको बर्दघाट नगरपालिका–१२ मा राजनीतिक दललाई निर्वाचन अधिकृतले दिएको मत सङ्ख्या र निर्वाचन अधिकृतको कार्यालयमा टिपाएको मत सङ्ख्या फरक परेका कारण स्पष्ट नभएसम्मका लागि ती दुवै स्थानको मतगणना स्थागित भएको आयोगले जनाएको छ ।

यस्तै कपिलवस्तुको बाडगङ्गा–२ को मतपरिणाम सुनाउने क्रममा कर्मचारीले गलत सङ्ख्या उद्घोष गरेकाले गए रातिदेखि मतगणना स्थगन भएको तथा झापाको दमक नगरपालिका–१ मा एमाले र राप्रपाबीच बराबरी मत (८०१) भएपछि स्थगन भएको मतगणना सुरु भइसकेको निर्वाचन आयोगबाट थाहा भएको छ । अहिले २४७ स्थानीय तहमा मतगणना जारी रहेको बताइएको छ ।

 
प्रकाशित मितिः २०७४ असार १७

वि.सं.२०७४ असार १७ शनिवार १४:१२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...