back
NMB ad

एमाले-माओवादीबीच पार्टी एकीकरणको ड्राफ्ट तयार हुँदै, आजै हस्ताक्षर हुन सक्ने

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भएको वान टु वान बार्ताले मुर्त रुप लिएको छ ।

फागुन ७ गते प्रजातन्त्र दिवसको दिन भएको बार्ताबाट दुई पार्टीबीच एकताको सहमतीमा पुगेको हो । नेताहरुका अनुसार आजै साँझ बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा सहमती पत्रलाई मुर्त रुप दिँदै सहमतिमा हस्ताक्षर हुनसक्छ ।

दुई नेताबीच पार्टीको नाम, नेतृत्व र बैचारिक राजनीतिक विषयमा सहमति जुटेको एमालेका एक प्रभावशाली नेताले बताए । उनले आजको बार्ता ऐतिहासिक हुने बताए । प्रधानमन्त्री ओली बालुवाटार सरेकै दिन पार्टी नेताहरुलाई बार्ताका बारेमा विस्तृत जानकारी गराएका थिए ।

दुई नेताबीच भएको बार्ताले पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने सहमती गरेको छ । त्यस्तै ओली र प्रचण्ड दुबै अध्यक्ष रहनेछन् । त्यस्तै दुई नेताबीच आलोपालो प्रधानमन्त्री हुने सहमति जुटेको छ ।

जनताको बहुदलीय जनवाद, २१ औं सताब्दीको जनवाद, माओवाद लगायतका वैचारिक राजनीतिक विषयलाई महाधिवेशनसम्म बहसमा लैजान दुबै नेता सहमत भएका छन् ।

दुई नेताबीच भएको सहमतिलाई अन्तिम रुप दिन साँझ ७ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

२०७४ फागुन ७ गते प्रकाशित

वि.सं.२०७४ फागुन ७ सोमवार १७:०५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...