back
NMB ad

सिटिइभीटीको प्रश्नपत्र प्रकरणः छानविन समिति भन्छ परीक्षापूर्व प्रश्नपत्र आउट भएको होइन

Kumari bank ad

काठमाडौ । सिटीइभीटीले सञ्चालन गरेको प्रवेश परीक्षामा आउट भएको भनिएको प्रश्नपत्र परीक्षा पूर्व आउट नभएको प्रतिवेदन छानविन समितिले दिएको छ । सिटीइभीटीले साउन पहिलो साता सञ्चालन गरेको पूर्ण शुल्कीय प्रवेश परीक्षाको प्रश्नपत्र जनकपुरबाट आउट भएको समाचार बाहिर आएको थियो ।

परीक्षा सञ्चालन भएलगतै जनकपुरस्थित नेपाल टेक्नीकल इन्स्टिच्युटबाट प्रश्नपत्र बाहिरिएको समाचार बाहिर आएपछि सिटीइभीटीले तीन सदस्सीय छानविन समिति बनाएको थियो । जसका कारण लामो समय बितिसक्दा पनि सिटीइभीटीले लिएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक हुन सकेको छैन् । ‘अब एक दुई दिनमै प्रवेश परीक्षाको रिजल्ट सार्वजनिक गर्छौं,’ सिटीइभिटी निकट उच्चस्रोतले भन्यो, ‘छानविन समितिले प्रश्नपत्र बाहिरिएको भनिएको घटनामाथि छानविन गर्दै परीक्षा पूर्व प्रश्नपत्र आउट नभएको प्रतिवेदन बुझाएको छ । ’

उक्त स्रोतले निष्पक्ष ढंगले छानविन गरिएकाले अब प्रवेश परीक्षा रद्ध गर्नुपर्ने कुनै कारण नभएको बताईएको छ । ‘त्यसैले हामी एक दुई दिनभित्रै प्रवेश परीक्षा नतिजा प्रकाशन गर्छौ,’ उच्च स्रोतले भन्यो । स्रोतकाअनुसार सोमबार वा मंगलबार प्रवेश परीक्षा नतिजा बाहिर ल्याउने गरी तयारी भइरहेको छ ।एजुकेशन समाचारबाट

प्रकाशित मितिः २०७४ साउन २३

वि.सं.२०७४ साउन २३ सोमवार १५:३९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...