back
NMB ad

ढोरपाटनमा सिकारको याम सुरु : जाने हो तपाईं पनि ?

Kumari bank ad

बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ ।

विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष आउन थालेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० वटा नाउर र तीनवटा झारलको सिकारका लागि अनुमति दिएको छ । नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि र ट्र्याक एन्ड टे«ल्र्स प्रालिले सिकार खेलाउने छन् ।

बोलपत्र आह्वानका क्रममा भएको प्रतिस्पर्धाले यस याममा सिकारको दर बढेकोे छ । एउटा झारल सिकार गरेबापत रु १३ लाख पाँच हजार राजस्व सरकारलाई बुझाउन सिकार एजेन्सी तयार भएका छन् । नाउर सिकारको दर भने बढीमा रु आठ लाख ७५ कायम भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

“झारल सिकारको दर अहिलेसम्मकै बढी हो,” उनले भने । महँगो रकम तिरेर झारल सिकार अनुमति लिएका हिमालयन सफारी र ट्र्याक एन्ड टे«ल्सले यसै साता सिकार खेलाउने तयारी गरेका छन् । हिमालयन सफारीले आरक्षको फागुने ‘ब्लक’मा एउटा र ट्र्याक एन्ड टे«ल्सले घुस्तुङ ‘ब्लक’मा दुईवटा झारलको सिकार गराउने अधिकृत बरालले बताए ।

विदेशी सिकारी आरक्ष पुग्ने क्रम सुरु भएको छ । आउँदो वैशाखको दोस्रो सातासम्म सिकार चल्नेछ । सिकारका लागि यस वर्ष अमेरिका, रुस, स्पेन, फ्रान्सलगायत देशका सिकारी ढोरपाटन पुग्दैछन् । सबैजसो सिकारी हेलिकप्टरमार्फत आरक्ष पुगेर सिकार खेल्ने गरेका बरालले बताए । एउटा सिकारीले वन्यजन्तुको सिकारमा रु २५ लाखदेखि रु ३० लाखसम्म खर्च गर्ने गरेका छन् ।

आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लकमा सिकार खेलिनेछ । निकै कम सिकारी पुग्ने सुनदह ब्लकमा यस याममा ग्लोबल सफारीले नाउरको सिकार गराउने भएको छ । अन्यको तुलनामा सुनदह अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो भएका कारण सिकारीलाई त्यहाँ पुग्न कठिनाइ हुन्छ ।

आरक्ष कार्यालयका अनुसार नेपाल वाइल्ड लाइफ सफारीले एक रुसी, एक स्पेनी र एक फ्रान्सेली सिकारीलाई सेङ र फागुने ब्लकमा सिकार गराउनेछ । हिमालयन सफारीले झारलसहित एक नाउर, ट्र्याक एन्ड टे«ल्र्सले दुई झारलसहित दुई नाउर, नेपाल वाइल्ड लाइफ सफारीले तीनवटा नाउर र ग्लोबल सफारीले चारवटा नाउरको सिकार गराउने अनुमति पाएको छ ।

नाउर र झारलको सिकार अनुमतिबाट रु एक करोड १३ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ । यस वर्षको पहिलो सिकारयाम (असोज–मङ्सिर)मा रु ३३ लाख ६८ हजार राजस्व जम्मा भएको छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्ने गरेको छ ।

७ चैत २०७३

वि.सं.२०७३ चैत ७ सोमवार ११:४१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...