back
NMB ad

एमाले धादिङ क्षेत्र नं. १ मा भुमी त्रिपाठी सर्वसम्मत

Kumari bank ad

धादिङ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ क्षेत्र नं. १ बाट नेकपा एमालेले पार्टी अध्यक्ष भुमी त्रिपाठीको नाम सर्वसम्मत निर्णय गरेको ।
आज बिहिबार बैरेनीमा आयोजित क्षेत्रिय कमिटीको बैठकले त्रिपाठीको नाममा सर्वसम्मत निर्णय गर्दै जिल्ला कमिटीमा पेश गरेको नेकपा एमाले प्रदेश नं. ३ का सदस्य नेत्रराज पौडेलले जानकारी दिए ।
सो क्षेत्रका वहालवाला सांसद पोलिटव्युरो सदस्य राजेन्द्रप्रसाद पाण्डे र पोलिव्युरो सदस्य एवं समानुपातिक सांसद गंगालाल तुलाधरले पनि उम्मेदवार हुने आकांक्षा प्रकट गरेका थिए । दुवै पोलिटव्युरो सदस्यले बैठकमा उपस्थित नभई पत्र मार्फत आफ्नो आकांक्षा बैठकमा पेश गरेका थिए । कमिटीले अघिल्लो निर्वाचनमै भएको सहमती अनुसार त्रिपाठीको नाम सर्वसम्मत निर्णय गरेको हो ।
क्षेत्र नं. २ को धादिङबेसीमा सम्पन्न बैठकले पार्टी केन्द्रीय सदस्य खेमप्रसाद लोहनी र वहालवाला सांसद गुरुप्रसाद बुर्लाकोटीको नाम सिफरिस गरेको छ । भोली शुक्रबार जिल्ला कमिटीको बैठक बस्ने एमाले नेताहरुले बताएका छन् ।
प्रकाशित मिति २०७४ असोज १९

वि.सं.२०७४ असोज १९ बिहीवार १८:२३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...