back
NMB ad

माओवादी निर्वाचनबाट भाग्ने गर्छ : कँडेल

Kumari bank ad

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थानीय निकाय निर्वाचनका लागि सधैं तयार रहेको स्थायी कमिटि आमन्त्रित सदस्य डा. पुष्पराज कँडेलले जनाएका छन् । केहि महिनाभित्रै स्थानीय तह पुनर्संरचना गरेर वा त्यसअघि पनि निर्वाचनमा जान एमालेलाई केहि आपत्ति नरहेको बताए ।

नेकपा एमाले धादिङ पोखरा सम्पर्क मञ्चले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कँडेलले काँग्रेस र माओवादी केन्द्र नै चुनावबाट भाग्न खोजेको आशंका उब्जिएको उल्लेख गरे । ‘एमाले नेतृत्वमा सरकार रहँदा काँग्रेसले स्थानीय तह पुनर्संरचना पछि मात्र चुनाव भनेर अडान लियो । अहिले चैतमै गर्ने भनेको सुनिन्छ’– कँडेलले थपे– ‘माओवादी केन्द्रको त विचार के हो नै प्रष्ट हुँदैन । माओवादी निर्वाचनबाट भाग्ने गर्छ ।’

एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष समेत रहेका उनले डेढ वर्षभित्र तीन निकायको निर्वाचन गर्नुपर्ने भएकाले नेकपा एमाले जतिसक्दो चाँडो चुनाव गराउने पक्षमा रहेको बताए । मधेशी दल स्थानीय निकाय निर्वाचन विरुद्ध रहेकाले केहि समस्या पर्ने भएपनि संविधानले तोकेकै समयभित्रमा निर्वाचन गर्नुको कुनै विकल्प नरहेको उनको भनाई थियो । नेकपा एमालेलाई जनताले चिनिसकेको र सत्तामा रहँदा वा बाहिर रहँदा पनि जुनै निर्वाचनमा केहि फरक नपर्ने कँडेलले ठोकुवा गरे ।

हालै आठ दिनसम्म चलेको स्थायी कमिटि बैठकले पुनर्संरचना आयोगले सिफारिस गरेको ५६५ कै नजिक रहेर स्थानीय निकाय पुनर्संरचना गर्न एमाले तयार रहेको निष्कर्श निकालेको जनाए । बैठकले एमालेले अबको निर्वाचनमा बहुमत ल्याउने गरी एकता अभियान चलाउने निर्णय गरेको जानकारी दिँदै अब गुटउपगुट अन्त्य गरी एकजुट भएर अघि बढ्ने नेताहरुले संकल्प गरेको दाबी गरे

उनले मुलुकलाई एकताबद्ध बनाई सार्वभौम राष्ट्रको स्वाभिमान स्थापित गर्न समृद्ध बन्नुपर्ने जिकिर गर्दै मुलुक आर्थिक रुपमा आत्मनिर्भर नभई स्वाभिमानी बन्नै नसक्ने जिकिर गरे । कँडेलले एमाले पहिलो पार्टी बन्न पार्टीका यस्ता भातृ तथा शुभेच्छुक संघसंगठनको साथ आवश्यक पर्ने बताए ।

१२ भदौ

वि.सं.२०७३ भदौ १२ आइतवार ०८:३४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:२९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको...

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...