back
NMB ad

२२ घण्टापछि उद्दार गरिएका सोनिसलाई सेनाले निःशुल्क पढाउने

Kumari bank ad

काठमाण्डौं । वैशाख १२ को विनाशकारी भूकम्पमा भत्किएको घरको भग्नावशेषबाट २२ घण्टापछि नेपाली सेनाद्वारा जीवितै उद्दार गरिएका भक्तपुर सोनिश अवालेलाई नेपाली सेनाले निःशुल्क पढाउने भएको छ ।

भूकम्प गएको एक बर्ष पुगेकै दिन सेनाले सोनिशलाई स्नातकसम्म पढाउने घोषणा गरेको हो । सैनिक मुख्यालयमा आइतबार भएको कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोनिशलाई सैनिक विद्यालयमा निःशुल्क पढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सोनिस अहिले १६ महिनाका भएका छन् । सोनिशलाई नेपाली सेनाले भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा ६ देखि स्नातक तहसम्म निःशुल्क पढ्ने व्यवस्था मिलाइनेछ ।

त्यसअघि ५ कक्षासम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा नै अध्ययन गराइने तर, उनको शिक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण सुविधा सेनाले नै उपलब्ध गराउनेछ ।

१२ बैशाख २०७३, ३।३०

वि.सं.२०७३ वैशाख १२ आइतवार १६:४७ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...