back
NMB ad

अब भूकम्पपीडितले सरकारबाट जग्गा किन्न पैसा पाउने !

Kumari bank ad

काठमाण्डांै । सरकारले भूकम्प पीडितलाई जग्गा किन्न पैसा दिने नयाँ योजना बनाएको छ। भूकम्पका कारण जोखिमपूर्ण बनेको आफ्नो जमिनमा घर बनाउन नसक्ने पीडितलाई सरकारले जग्गा किन्न अनुदान दिने तयारी गरेको छ।

आफ्नो जग्गामा घर बनाउन नसक्ने पीडितलाई जग्गा खरिदका लागि अनुदान दिन कार्यविधि निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुशील ज्ञवालीले जानकारी दिए । ‘पीडितलाई कतिसम्म अनुदान दिने भन्ने तय गर्न कार्यविधि बन्दै छ,’ ज्ञवालीले भने, ‘जसको घर बनाउन जग्गा उपयुक्त छैन उनीहरूलाई जग्गा किन्न अनुदान दिन लागिएको हो ।’

आफ्नो जग्गामा घर बनाउन नसक्ने पीडितलाई अर्को घर बनाउने घडेरी खरिदका लागि दुई लाख रुपैयाँसम्म अनुदान दिने गरी कार्यविधि बनाउन लागिएको छ । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भएपछि त्यस्ता पीडितलाई जग्गा किन्न अनुदान वितरण सुरु हुने ज्ञवालीले जानकारी दिए । ‘कार्यविधि स्वीकृत भएपछि घर निर्माणका लागि जग्गा किन्न अनुदान दिने हाम्रो योजना हो,’ उनले भने ।

भूकम्पले आंशिक क्षति भएका पीडितले घरको रेट्रोफिटका लागि ५० हजार रुपैयाँ पाउने भएका छन् । यसका लागि कार्यविधि तयार भइरहेको सिइओ ज्ञवालीले जानकारी दिए । ‘घर रेट्रोफिट गर्न पीडितलाई ५० हजार दिन कार्यविधि तयार भइरहेको छ,’ उनले भने, ‘आंशिक क्षति भएका पीडितलाई यो रकम दिन खोजिएको हो ।’ यसका लागि निर्देशक समितिबाट निर्णय भइसकेको पनि उनको भनाइ छ।

नयाँ पत्रिका, १५ भदौ २०७३, १०।००

वि.सं.२०७३ भदौ १५ बुधवार १०:४९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...