back
NMB ad

अब अनलाईबाटै किस्ताबन्दीमा मोबाईल किन्न पाईने,इजी मोबाईलको अफरै अफर

Kumari bank ad

काठमाडौ । काठमाडौ सुन्धारामा अवस्थित सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रा.लि.ले बिहिबारबाट मोबाइलको बिक्री तथा बिक्री पछिको सेवा शुरु गरेको छ । मोबाइलको सम्पूर्ण हेरचाह (केयर) गर्ने उद्धेश्यका साथ नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने गरि कम्पनीले सेवा सुरु गरेको एक कार्यक्रमकाबीच जानकारी दिईयो ।

कम्पनीले मोबाइल व्यवसायको क्षेत्रमा नौलो अवधारणा सहित शुरु गरेको मोबाइल बिक्री तथा सर्भिस सेवाले नेपाली ग्राहकहरुलाई नयाँ अनुभव प्रदान गर्ने जनाएको छ । कार्यक्रममा दिईएको जानकारी अनुसार कम्पनीले ग्राहकहरुको चाहना र ईच्छा बमोजिम मोबाइल बिक्रीका साथै सर्भिस पनि प्रदान गर्नेछ । कम्पनीले मोबाइल सेल्सका लागि अनलाइन पनि संचालन गरेको छ । जसमा अनलाइनबाटै मोबाइल किन्न सकिनेछ । यसको लागि ईजीमोबाइलकेयर डटकममा लगईन गरेर मोबाइल अनलाइन बाटै किन्न सकिन्छ ।

कम्पनीका अनुसार ग्राहकहरुलाई अधिकतम सुविधा दिनका लागि अनलाइन र अफलाइन दुबैमा रु. ५० हजार भन्दा कम मूल्यको मोबाइल किन्दा २० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लान सकिनेछ । यसमा ग्राहकले आफैं ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत शुल्क भुक्तानी गर्न सक्नेछन् ।

त्यसैगरि रु. ५० हजार भन्दा अधिक मूल्य रहेको मोबाइल फोन किन्दा ३० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लान सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसमा पनि ग्राहकले आफैंले ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत शुल्क भुक्तानी गर्न सक्नेछन् ।

कुनैपनि ग्राहकले रु. ५० हजार भन्दा माथि मूल्य भएको स्मार्टफोन किन्दा एउटा स्मार्टफोन निशुल्क उपहार प्राप्त गर्नेछन् भने रु.५ हजार देखि रु. ५० हजार भन्दा कम मूल्य भएको फोन खरिद गर्दा एउटा फिचर फोन निशुल्क उपहार प्राप्त गर्ने कार्यक्रममा जानकारी दिईयो ।

यो सुविधा लिनको लागि ग्राहकहरुको तोकिएको बैंकमा खाता हुनुपर्नेछ भने सो बैंकबाट प्राप्त हुने क्रेडिट कार्डमार्फत कम्पनीबाट सिधै मोबाइल किन्न सक्नेछन् । कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टि दिने सुविधा पनि दिनेछ । यसअघि मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकामा त्यहाँबाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी पाईने जानकारी दिईयो ।

त्यस्तै नेपाल टेलिकमसँगको सहकार्यमा हरेक मोबाइलको खरिदकर्तालाई विशेष डाटा प्याक दिने योजना गरिरहेको कम्पनीले जनाएको छ । यसैगरी क्लासिक टेक प्रालिसँगको सहकार्यमा यहाँबाट जुनसुकैे मोबाइल किन्दा पनि क्लासिक टेकको इन्टरनेट सेवा ३ महिनाको प्याकेजमा १ महिनाको सेवा निशुल्क प्राप्त गर्नेछन् ।

ईजी मोबाइल केयर प्रालिले सर्भिसतर्फ चक्रपथ भित्रका ग्राहकहरुले फोन बिग्रेको जानकारी दिएमा सोहि स्थानबाट पिकअप एण्ड ड्रप सुविधा निशुल्क प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले दिएको जानकारीको आधारमा सर्भिस सेन्टरमा भएको ग्राहककोे मोबाइल फोन ३० मिनेट भित्र रिपेयर गर्ने सुविधा मिलाईएको कार्यक्रममा जानकारी दिईयो । कम्पनीबाट कुनैपनि फोन रिपेयर गरेपछि सो फोनमा ३० दिनको रिपेयर वारेन्टी दिईनेछ र त्यस्तो फोन पुनः बिग्रेमा निशुल्क मर्मत गरिने पनि जनाईएको छ ।

कम्पनीको साइटमा कुनैपनि ग्राहकले आफ्नो फोनको बारेमा जानकारी राखेपछि हामी त्यो फोनको निशुल्क भ्यालूएसन गर्ने सुविधा पनि शुरु गरेका काम्पनीले जनाएको छ ,जसले गर्दा ग्राहकले घरमै बसेर आफ्नो पुरानो फोनको मूल्य थाहा पाउन सक्नेछन् । ईजी मोबाइल केयरबाट मोबाइल खरिद गर्ने ग्राहकले सिटिसी मलमा रहेको सिने डे सेफमा सिनेमा हेर्न एउटा टिकट खरिदमा अर्को टिकट सित्तैमा प्राप्त गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

हराएको भनिएका मोबाइल फोनहरु चोरीका हुन वा साँच्चिकै हराएका हुन भनेर थाहा पाउन अनलाइनमार्फत नै जानकारी लिन सकिने सुविधा प्रदान गर्नै कम्पनीले जनाएको छ । उक्त सुबिधाले सुविधाले आगामी दिनमा चोरीका फोनहरु बिक्री हुने संभावनालाई न्यून गर्ने बताईएको छ ।

कम्पनीले रिपेयरका लागि ल्याएका फोनहरुको अवस्था कस्तो छ भनेर थाहा पाउन सकिने सुविधा पनि उपलब्ध गराउनेछ । ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले मोबाइल बजारमा अझैपनि ग्राहकहरुले चाहे अनुसारको सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई सस्तो मुल्यमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताए । अध्यक्ष पौडेलले भने, ‘‘अहिले पनि बजारमा भरपर्दो र उचित रुपमा मोबाइल बिक्री गर्ने र बिक्रीपछिको सेवा दिने कम्पनीहरु छैनन् । हामी हाम्रा ग्राहकहरुलाई घरैमा पुगेर सेवा दिने र उनीहरुको मोबाइलसम्बन्धि समस्या समाधान गर्ने उद्धेश्यका साथ आएका छौं ।’’

कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यता तथा सभासद ईच्छाराज तामाङ, मोबाइल इम्पोटर्स एसोसिएसनका अध्यक्ष दिपक मलहोत्रा,क्लासिक टेकका चिफ मार्केटिङ अफिसर प्रविण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशितः २०७४ साउन १९

वि.सं.२०७४ साउन १९ बिहीवार १६:५६ मा प्रकाशित

You can share this post!

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...