back
NMB ad

मतपत्रको सुरक्षा सेनाले गर्ने

Kumari bank ad

काठमाडौ। स्थानीय चुनावका लागि आवश्यक पर्ने १ करोड ६० लाख मतपत्रको ढुवानी र सुरक्षाको जिम्मा नेपाली सेनाले लिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले हालसम्म ६२ जिल्लाको मतपत्र छापिसकेको छ । अब त्यसलाई ब्याण्डिङ गरेपछि विभिन्न जिल्लामा सुरक्षासहित पुर्‍याउने जिम्मा सेनालाई दिइने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए ।

संसदीय समिति अन्तरगत राज्य व्यवस्था समितिलाई आइतबार बिहान निर्वाचन सुरक्षाबारे प्रमुख आयुक्त यादवले जानकारी गराएका छन् । समितिमा बोल्दै यादवले स्थानीय चुनावमा ६४ प्रकारका सामाग्री आवश्यक पर्ने बताए । यी मध्ये मतपत्रको सुरक्षा सेनाले गर्ने र अन्य ६३ सामाग्रीको सुरक्षा प्रहरीले गर्ने उनले बताए ।

स्थानीय चुनावका लागि चीनले १२ प्रकारका सामाग्री सहयोग गरेको यादवले राज्य व्यवस्था समितिलाई बताए । साथै भारतबाट आउने सामाग्रीको प्रक्रिया अघि बढेको उनले बताए ।प्रमुख आयुक्तका अनुसार हालसम्म ३० हजार मत पेटिका आइसकेका छन् । बाँकी आउने प्रक्रियामा छन् ।

यसैवीच आइतबारदेखि ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोगले जानकारी गराएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख ३

वि.सं.२०७४ वैशाख ३ आइतवार ११:५८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...