काठमाडौँ । निर्वाचन आयोगले मंसीर १० र २१ गते हुने निर्वाचनका लागि व्यवस्थापकीय र प्राविधिक तयारीलाई तीव्रता दिएको छ ।
आयोगका अनुसार दुई चरणको निर्वाचनका लागि निर्वाचनको तयारीको कार्यतालिका अनुसार जनशक्ति व्यवस्थापन, निर्देशिका तयार गर्ने कार्य अघि बढाएको हो ।
निर्वाचनमा आवश्यक पर्ने ६४ प्रकारका निर्वाचन समाग्रीको व्यवस्थापन, तालिम, प्रशिक्षण र खटनपटन लगायत कार्यलाई आयोगले तीव्रता दिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
प्रकाशित मितिः २०७४ असोज २१
वि.सं.२०७४ असोज २१ शनिवार ०६:१५ मा प्रकाशित