back
NMB ad

निर्वाचन आयोगद्वारा आचारसंहिता अनुगमनमा कडाई

Kumari bank ad

काठमाडौ । निर्वाचनका लागि उम्मेदवारी दर्ता भए लगत्तै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनलाई तीव्र पारेको छ । आयोगले केन्द्रबाटै सचिव र सहसचिवको नेतृत्वमा हरेक जिल्लामा उच्चस्तरिय अनुगमन टोली खटाएको हो ।

आयोगले बुधबारबाटै उच्चस्तरको टोली खटाइसकेको छ । यस्तै निर्वाचन आयोगले आयुक्तस्तरको अर्को छुट्टै निर्वाचन आचारसंहिता अनुगमन समिति समेत खटाएको छ ।

आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि आयुत्तहरु इला शर्मा र नरेन्द्र दाहाललाई प्रदेश नम्बर ३, आयुत्त सुधीरकुमार शाहलाई प्रदेश नम्बर ६ र अर्का आयुक्त ईश्वरी पौडेललाई प्रदेश नम्बर ४ को अनुगमन जिम्मेवारी तोकिएको छ ।

सचिव र सहसचिवको छुट्टै अनुगमन टोली

निर्वाचन आयोगले निर्वाचन आचार संहिता कार्यान्वयनको सुष्म अनुगमन गर्न बुधाबारबाट निर्वाचन हुने ३४ जिल्लामा छुट्टा छुट्टै उच्चस्तरिय टोली खटाएको छ ।

नेपाल सरकारका सचिव र सहसचिव तहका अधिकारीहरुलाई आयोगले उच्चस्तरको सुष्म अनुगमनमा खटाएको हो । टोलीले जिल्ला र स्थानीय तहसम्म आचारसिंहता पालनाको स्थितिबारे अनुगमन गर्ने र त्यसको प्रतिवेदन आयोगलाई पेश गर्नेछ । आयोगले नियमित रुपमा त्यस्तो प्रतिवेदन बुझाउने गरि जेठ २ गतेसम्मका लागि खटाएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

उम्मेदवारको मनोनयन दर्ता गरे लगत्तै उम्मेदवारहरुमा निर्वाचन आचार संहिता आकर्षित भएकोले अनुगमनलाई तिव्रता दिएको आयोगले जनाएको छ । अब कुनै उम्मेदवारले आचारसंहिता उल्लंघन गरेमा आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना देखि उम्मेदवारी समेत खारेज गरिदिन सक्नेछ ।

यसका अतिरित्त आयोगले प्रत्येक स्थानीय तहमा निर्वाचन अधिकृतको मातहतमा गाउँपालिकामा दुई जना अनगुमनकर्ता खटाइसकेको थियो । आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेपछि अनुगमन थप कडाइ गर्दै जाने पनि बताएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २०

वि.सं.२०७४ वैशाख २० बुधवार १६:४६ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...