back
NMB ad

प्रदेश र संसदको चुनाव एकै पटक गर्ने

Kumari bank ad

काठमाडौ। सरकार र निर्वाचन आयोगबीच प्रदेश र संसदको चुनाव एउटै मितिमा गर्ने विकल्पबारे छलफल सुरु भएको छ । साथै आसन्न निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भावनाबारे पनि कुराकानी भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न आयोगका पदाधिकारीहरु सिंहदरबार पुगेका थिए । भेटमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनादर्न शर्मा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

भेटमा देउवाले प्रदेश र संसद निर्वाचनको तयारी थाल्न आग्रह गरेका छन् । तोकिएको समयमा चुनाव गर्ने सरकारको मुख्य उदेश्य रहेको भन्दै उनले क्षेत्र निर्धारण आयोगले काम थालिसकेको र निर्वाचन सम्वन्धी दुई कानुन पनि केही दिनभित्रै पास हुने तयारीमा रहेको बताए ।

उनले प्रदेश र संसदको चुनाव एकै पटक गर्ने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री देउवाले खर्च घटाउनका लागि पनि र एकै पटक दुवै निर्वाचन गर्नुपर्ने धारणा राखेको उनको निजी सचिवालयले जनाएको छ ।

आयोग पदाधिकारीहरूले भने एउटा मतपत्रमा दुई चुनाव गर्ने हो भने सोच्न सकिने बताएका छन् । ‘एकै पटक निर्वाचन गर्न ‘एउटा मतपत्र, दुई चुनाव’ गर्न सकिन्छ । एउटा विकल्प हो’ भेटपछि प्रमुख आयुक्त अयोधिप्रसाद यादवले भने ।

आयोगले असोज मसान्तमा प्रदेश र मंसिरमा संसदको चुनाव गर्ने कार्ययोजना प्रस्तुत गर्दै असार मसान्तभित्र ऐन कानुन र साउन १५ भित्र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन मागेको थियो । तर, सरकारले हालै मात्र गठन गरेको आयोगले साउन मासान्तअघि प्रतिवेदन बुझाउने सम्भावना कम छ । साथै ऐन कानुन पनि अझैसम्म पास हुन सकेको छैन ।

प्रकाशित मितिः २०७४ साउन १३

वि.सं.२०७४ साउन १३ शुक्रवार ११:४६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...