back
NMB ad

सिङ्गै गाउँद्वारा चुनाव बहिष्कार,कोही उठेनन् उम्मेदवार !

Kumari bank ad

प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बुको साबिक तिङ्ला गाविसका बासिन्दाले स्थानीय तहको निर्वाचनमा भाग लिएका छैनन्। स्थानीय तहको पुर्नसंरचना गर्दा अपायक केन्द्र तोकिएको भन्दै आन्दोलनमा रहेका उनीहरुले आफ्नो मागको सुनुवाइ नभएकाले चुनावमा भाग नलिएको बताएका छन्।

छुट्टै गाउँपालिका वा केन्द्र नजिक सार्न माग गर्दै गत फागुनको अन्तिम सातादेखि चरणबद्ध आन्दोलनमा रहेका तिङ्लावासीले राज्यले आफूहरुलाई अन्याय गरेको आरोप लगाए। अप्ठ्यारो साबिक तिङ्ला २ का स्थानीय बासिन्दा जंगबहादुर राई भन्छन्, ‘पाइरहेको सेवा सुविधाबाट टाढा राखेर राज्य पुनर्संरचना गरियो। पहिले सदरमुकाम सल्लेरीमा दिनभर काम सकेर सजिलै घर पुग्थ्यौं भने अब केन्द्र धाउन सातआठ घण्टा हिंड्नुपर्ने अवस्था आयो।’ सिङ्गो तिङ्ला गाविस अहिले नेचासल्यान गाउँपालिकाको वडा नम्बर ६ बनेको छ भने सो वडामा एक जना पनि उम्मेदवार न बनेको बीबीसीले जनाएको छ ।

मतदानका लागि पाँचवटा केन्द्र तोकिएका छन् भने २ हजार ४ सय ७६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ। अडान मतदाता परिचयपत्र समेत कसैले नलिएको निर्वाचनमा खटिएका कर्मचारीहरुले बताएका छन्। साबिकको तिङ्ला गाविसका अगुवा दत्तसिहं कार्की भन्छन्, ‘तीन महिनाअघि आन्दोलन गर्दा पनि हामीले प्रष्टरुपमा माग राखेका थियौं। ती दुवै माग पूरा नभएपछि चुनाव बहिष्कार गर्ने बाहेकको विकल्प हामीसँग रहेन ।’ स्थानीय सिफारिस समितिमार्फत आयोगमा प्रस्ताव पठाउँदा नै जिल्लाका नेतृत्वबाट केही कमजोरी गरिएको भन्दै उनीहरुले माग पूरा नभएसम्म स्थानीय तह मात्र होइन प्रदेश र केन्द्रको चुनावमा समेत भाग नलिने अडान लिएका छन्।

प्रकाशित मितिः २०७४ असार १४

वि.सं.२०७४ असार १४ बुधवार १९:१४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...