back
NMB ad

इमर्जिङ टिम्स एशिया कप क्रिकेटःनेपाल बंगलादेशसँग ८३ रनले पराजित

Kumari bank ad

काठमाडौ । इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ । २ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले ४२ ओभर ३ बलमा सबै विकेट गुमाउँदा १ सय ७४ रन मात्र बनाउन सक्यो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए । ६ चौकाको मद्धतमा उनले ८५ बलमा ५६ रन बनाएका हुन् । १० बल खेलेका कप्तान ज्ञानेन्द्र मल्ल खाता नखोली आउट भए । १३ बल खेलेका अर्का ओपनर सुनिल धमला पनि एक रनमै आउट भएका थिए ।

यस्तै आशिफ शेखले १५ बलमा १२ रन बनाए । धरमराएको नेपाली ब्याटिङ दिलिप नाथ र दिपेन्द्र सिंह ऐरीले सम्हालेका थिए । ६२ बलमा ४१ रन बनाउँदा दिलिप आउट भएपछि ब्याटिङ सम्हालिन सकेन । त्यसपछि शरद भेषावकर ५ बलमा २ रन बनाएर आउट भए । लगत्तै मेहबुब आलम १७ बलमा १० रन बनाएर आउट भए । बिनोद भण्डारीले एक छक्का, ६ चौकाको मद्धतमा २३ बलमा ३३ रन बनाए । यस्तै भुवन कार्की १६ बलमा ६ रन बनाएर आउट भए ।

बंगलादेशका रहतुल जाबेदले चार, सइफ उद्धीनले तीन साथै अबुल हसन राजले दुई विकेट लिए ।

नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । नेपालका अभिनाश कर्णले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए । यस्तै मेहबुब आलम, दिपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए ।

सोमबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एशोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।

नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मी पनि टिममा छैनन् ।

प्रकाशित मितिः २०७३ चैत १५

वि.सं.२०७३ चैत १५ मंगलवार १७:३२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...