back
NMB ad

अब ईपीएसका परीक्षार्थीले परीक्षाकै दिन नम्बर हेर्न पाउने !

Kumari bank ad

काठमाण्डौं । ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् । परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा दिने बित्तिकै दिने तयारी गरिएको हो ।

काम गर्न दक्षिण कोरिया जान चाहनेले सन् २०१९ देखि अनिवार्य रुपमा कम्प्युटरमै परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ । ग्रामीण क्षेत्रका युवाले पनि कोरिया जानका लागि कम्प्युटरका आधारभूत ज्ञान हासिल गर्नुपर्नेछ । यो व्यवस्थासँगै परीक्षा लिने बित्तिकै प्राप्तांक देखाउने प्रणाली विकास गर्न लागिएको हो । हाल परीक्षा दिएपछि नतिजा थाहा पाउन लामो समय कुर्नुपर्ने बाध्यता छ ।

कागजी प्रणालीमा परीक्षा लिइने भएकाले परीक्षा गर्न लामो समय लागेको हो । कम्प्युटर प्रणलीबाट परीक्षा लिएपछि उत्तर मिलेनमिलेको सिस्टमले परीक्षण गर्ने व्यवस्था हुनेछ ।

सोही आधारमा कुन प्रश्नको उत्तर मिल्यो वा मिलेन अनि कति अंक प्राप्त भयो भन्ने जानकारी परीक्षार्थीलाई देखाउन लागिएको हो । कोरिया जाने परीक्षार्थी अब कम्प्युटरमा पनि साक्षर हुनुपर्ने भएका छन् ।

२७ साउन २०७३, ८।३०

वि.सं.२०७३ साउन २७ बिहीवार ०९:२१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...