back
NMB ad

 आजदेखि कक्षा ११ को परीक्षा सुरु

Kumari bank ad

भक्तपुर । आजदेखि देशभर एकैसाथ कक्षा ११ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।

आगामी असार १० गतेसम्म सञ्चालन हुने परीक्षामा परीक्षाका लागि देशभरि ९९३ परीक्षा केन्द्रमा परीक्षा सुरु भएको छ ।

परीक्षामा नियमिततर्फ तीन लाख ४८ हजार ६० र आंशिकतर्फ एक लाख ९९४ गरी देशभरबाट कुल चार लाख ४९ हजार ५४ जना विद्यार्थी सहभागी भएका छन् जसमध्ये छात्रको सङ्ख्या दुई लाख ११ हजार ८२२ र छात्राको सङ्ख्या दुई लाख ३७ हजार १७२ रहेको छ ।

सबैभन्दा धेरै परीक्षार्थी काठमाडौँमा ६४ हजार ५६४ र सबैभन्दा कम मुस्ताङमा ९३ जना छन् । काठमाडौंमा १११ र मनाङ र मुस्ताङ्मा एक–एक केन्द्र निर्धारण गरिएको छ ।

प्रत्येक परीक्षा केन्द्रमा एक–एकजना केन्द्राध्यक्ष, एक हजार ९६० जना सहायक केन्द्राध्यक्ष, २२ हजार ९१३ निरीक्षक, एक हजार ५७४ कर्मचारी, दुई हजार १७५ कार्यालय सहयोगी र ११ हजार ९१६ जना सुरक्षाकर्मी गरी कुल ४१ हजार ५३२ जना परिचालन गरिएको नियन्त्रक बतासले बताए।

परीक्षालाई मर्यादित र व्यवस्थित गर्न बोर्डले कडा अनुगमन गर्ने बताउँदै उहाँले परीक्षामा अमर्यादित काम गर्नेलाई ६ महिना जेल र रु एक लाख सम्मको जरिवानाको व्यवस्था गरिएको बताए । परीक्षा अवधिभर बन्द हडताल नगर्न र परीक्षालाई बाधा नपु¥याउन बोर्डले आह्वान गरेको छ ।

प्रकाशित मितिः २०७४ असार १

वि.सं.२०७४ असार १ बिहीवार १३:३७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...