back
NMB ad

निजी विद्यालयको मनोमानी शुल्क घटाउन विद्यार्थी संघहरुको अल्टिमेटम

Kumari bank ad

काठमाडौ । निजी विद्यालयले मनोमानी बढाएको शुल्क तीन दिनभित्रै घटाउने गरी पहल थाल्न विद्यार्थी संघरसंगठनले सरकारलाई अल्टिमेटम दिएका छन् । शुल्क निर्धारण सम्बन्धमा गत वर्ष वैशाख ६ मा सरकारसँग भएको सम्झौता र सर्वोच्च अदालतको आदेश पालना नभएको भन्दै आठ संगठनले मंगलबार शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले तीन दिनभित्र शुल्क नघटाए अभिभावक र विद्यार्थीको हितका लागि आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।

स्वीकृत नगराई शुल्क लिएको, निर्धारण भएको तीन वर्ष नपुग्दै शुल्क बढाएको ज्ञापनपत्रमा उल्लेख छ । ‘सबै कानुनी व्यवस्था अबज्ञा गर्दै विभिन्न शीर्षकमा शुल्क बढाएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘अभिभावकको ढाड सेक्ने गरी मनोमानी तबरले बढाइएको शुल्क तीन दिनभित्र घटाउने पहल गरिदिनुहुन अनुरोध गर्दछौं ।’

ज्ञापनपत्रमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ, तराई मधेस विद्यार्थी फन्ट, अनेरास्ववियु छैटौं, अनेरास्ववियु पाँचौं र नयाँ शक्ति विद्यार्थी युनियनले समर्थन जनाएका छन् ।

संस्थागत विद्यालय शुल्क निर्धारण निर्देशिकामा विद्यालयले भर्नाशुल्कबापत एक महिना बराबरको रकम लिन पाउने व्यवस्था छ । यो शुल्क भर्ना हुँदा एक पटक मात्रै लिन पाइन्छ । वार्षिक शुल्कबापत २ महिनाको मासिक शुल्क बराबर मात्रै लिन पाइने व्यवस्था छ ।

काठमाडौंका ‘क’ वर्गका विद्यालयले भर्नाशुल्क ३ हजार ६ सय ७५ र वार्षिक शुल्क ७ हजार ३ सय ५० रुपैयाँ मात्र लिन पाउँछन् । शैक्षिक सामग्री शुल्कबापत मासिक शुल्कको १० प्रतिशत वर्षमा एक पटक मात्रै लिन पाइने व्यवस्था छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः २०७३ बैशाख ६

वि.सं.२०७४ वैशाख ६ बुधवार १२:२७ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...