back
NMB ad

फिफाले मेस्सीलाई विशेष छुट दिएको आरोप !

Kumari bank ad

चिलीका मिडफिल्डर अटुरो भिडालले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीलाई विशेष सुविधा दिएको आरोप लगाएका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अपिल कमिटीले मेस्सीमाथि लागेको चार खेलको प्रतिबन्ध हटाउने निर्णय गरेपछि भिडाललेको यस्तो प्रतिक्रिया आएको हो ।

गएको मार्चमा विश्वकप २०१८ को छनौट अन्तर्गत चिलीसँगको खेलमा खेल पदाधिकारीलाई अपशब्द बोलेकोमा मेस्सीमाथि चार खेलको प्रतिबन्ध लागेको थियो । तर फिफाको अपिल कमिटीले मेस्सीको व्यवहार कारवाही गर्नुपर्ने खालको नरहेको बताएर प्रतिबन्ध हटाएको हो । चिलीका मिडफिल्डर भिडालले मेस्सी राम्रो खेलाडी रहेको र उनलाई राष्ट्रिय टिमबाट खेलेको देख्न पाउनु राम्रो कुरा रहेको बताए । फिफाले उनलाई प्रतिबन्ध फुकुवा गर्नु राम्रो रहेको छ । तर यो सबै खेलाडीका लागि समान हुने पर्ने उनको भनाई छ ।

फिफाले ठूला खेलाडीका लागि एउटा र अरुलाई अर्को नियम बनाउने गरेको उनको आरोप छ । नियम सबैका लागि समान हुनु पर्नेमा फिफाले असमान व्यवहार गर्ने गरेको र मेस्सीको प्रतिबन्ध फुकाउन उनलाई विशेष छुट दिएको भिडालको आरोप छ । प्रतिबन्ध लागेपछि भएको एक खेल मेस्सीले गुमाए । चिलीलाई १–० ले हराएको अर्जेन्टिना त्यसपछि मेस्सी बिना खेलेको खेलमा बोलिभियासँग २–० ले पराजित भयो ।

प्रतिबन्ध फुकुवा भएपछि मेस्सीले अब विश्वकप छनौट अन्तर्गत उरुग्वे, भेनेजुएला र पेरुसँगको खेल खेल्न पाउने भएका छन् । अर्जेन्टिना रुसमा हुने विश्वकपमा स्थान बनाउनका लागि संघर्षरत छ । बोलिभियासँगको हारपछि अर्जेन्टिना १० देश सहभागी दक्षिण अमेरिकी क्षेत्रको छनौटको पाँचौं स्थानमा झरेको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २४

वि.सं.२०७४ वैशाख २४ आइतवार १४:०० मा प्रकाशित

You can share this post!

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...