back
NMB ad

फिफाका पूर्व उच्चपदस्थ व्यक्तिले ५५ मिलियन युरो बाँडेको खुलाशा

Kumari bank ad

जेनेभा । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले आफ्ना पूर्व उच्च पदस्थ व्यक्तिले एक आपशमा सम्मान स्वरुप ५५ मिलियन युरो बाँडेको फिफाले खुलाशा गरेको छ। फिफका वकिलले पूर्व अध्यक्ष सेफ ब्लाटर,महासचिव जिरोमि भाल्के र फाइन्यान्स डिरेक्टर मार्कुश काट्नरले विगतका केही वर्षमा आफूखुशी बोनश र सम्मान स्वरुप उक्त रकम बाँडेको बताएका छन्।

गत बिहीबार कार्टटरको पुरानो अफिसमा छापा मारेको फिफाको आन्तरिक छानविन समितिले त्यहाँ भएको आवश्यक कागजपत्र र इलेक्ट्रोनिक डाटा जफत गरेको छ। उनीहरुले सन् २०११ देखि २०१५ सम्म आपसी समझदारीमा गोप्य तरिकाका उक्त रकम बाँडेका थिए। फिफाको इथिक्स कमिटीले कमजोर व्यवस्थापन र रकममा अनियमितता गरेको भन्दै ब्लाटर र भाल्केलाई क्रमश ६ र १२ वर्षको प्रतिबन्ध लगाएको थियो।

तर उनीहरुले भने आफूहरुले गतल कार्य नगरेको बताउँदै आएका छन्। हालै जफत गरिएका आवश्यक कागजपत्र र इलेक्ट्रोनिक डाटालाई परिक्षण गरेर जारी अनुन्धानमा थप नयाँ तथ्य फेला पर्नेै स्विजरल्याण्डको महान्यायधिवक्ताको कार्यलयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यता ब्लाटरका वकिल रिचार्ड कोलेनले पूर्वअध्यक्ष ब्लाटरले विश्वमा हुने प्रमुख लिगलाई दिइने रमकमा कुनै अनियमितता नगरेको र सवै आर्थिक हिसाब निश्पक्ष रहेको बताएका छन्। एक अमेरिकी अनुसन्धानले सन् २०१५ मा फिफामा व्यापक आियमितता भएको बताएपछि उनीहरु माथि अनुसन्धान सुरु गरिएको थियो।
प्रकाशितः २०७३ जेठ २२

वि.सं.२०७३ जेठ २२ शनिवार १२:५४ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...