back
NMB ad

संविधान कार्यान्वयन गर्दै देशको आर्थिक समृद्धि पक्षमा अर्थमन्त्री कार्की

Kumari bank ad

इटहरी । नेपाली काँग्रेसका नेता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोशी पीडितको उद्धारमा नेपाली काँग्रेसले पु¥याएको योगदानको उदाहरणबाट काँग्रेस पार्टी पीडितको पक्ष लिने पार्टी हो भन्ने पुष्टि हुने बताउनुभएको छ ।

अर्थमन्त्री कार्कीले आज आफ्नो निर्वाचन क्षेत्र सुनसरी–४ को कोशी बाढी प्रभावित क्षेत्रको लौकही बजार क्षेत्रमा नेपाली काँग्रेसको क्षेत्रीय समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

कोशी नदीले पूर्वी तटबन्ध भत्काएर अर्बौंको नोक्सानी गर्दै सयौँ स्थानीयवासी उठिवास हुँदा काँग्रेसको नेतृत्वको सरकारले विस्थापित पीडितको पक्षमा पु¥याएको मानवीय सेवा मानव मात्रको सेवाका लागि सर्वोत्तम सेवाका रुपमा रहेको पनि अर्थमन्त्री कार्कीले स्मरण गराउनुभयो ।

अर्थमन्त्री कार्कीले देशमा प्राप्त लोकतन्त्रको संस्थागत विकाससँगै नयाँ नेपालका लागि जारी संविधान कार्यान्वयन गर्दै देशको आर्थिक समृद्धिसहित सबै जातजाति धर्म सम्प्रदाय र तराईवासीले राज्यबाट प्राप्त गर्ने समान अवसर उपलब्ध गराउने पक्षमा काँग्रेसले भरभग्दुर प्रयास गर्ने वचनबद्धतासमेत व्यक्त गर्नुभयो ।

अर्थमन्त्री कार्कीले काँग्रेसले नेपाली जनताको पक्षमा स्थापनाकालदेखि नै सकारात्मक भएर काम गर्दै आएको तथा महामानव बिपी कोइरालाले आम गरिब नेपाली जनताले धनी व्यक्तिसरह समान रुपमा अवसर पाउनुपर्छ भन्ने महान् नीतिलाई कार्यान्वयन गर्न सङ्कल्पित रहेकामा पनि समर्पित रहँदै आएकामा पनि उहाँले जोड दिनुभयो ।

आफ्नो निर्वाचन क्षेत्र विगतमा पनि नेपाली काँग्रेसका नेता बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको राजनीतिक क्षेत्र भएकाले काँग्रेसका लागि यो क्षेत्र भावनात्मक सम्बन्ध राख्ने क्षेत्र भएकाले आफूले यस क्षेत्रका मतदाताको चाहना र आवश्यकता पूरा गर्न दृढ सङ्कल्पित रहने विश्वास पनि व्यक्त गर्नुभयो ।

क्षेत्रीय समितिका सभापति एवम् कोशी गाउँपालिकाका अध्यक्ष अयुव मियाँको अध्यक्षतामा भएको उक्त चुनावीसभामा प्रदेशसभा सदस्यका उम्मेदवार रेवती दुलाल, पार्टी नेता ताहिर अन्सारी र हरिनगरा गाउँपालिका अध्यक्ष गफार अन्सारीलगायतले बोल्नुभएको थियो ।

वि.सं.२०७४ मंसिर ६ बुधवार ०८:१५ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...