काठमाण्डौं । मंगलबार बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक वाफिया पारित हुनुअघि सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री कृष्णबहादुर महराले सेयर बजारलाई प्रोत्साहन नगरी समाजवादमा जान नसकिने बताएका छन् ।
उनले भने, ‘हाम्रो संविधानमै व्यवस्था छ, समाजवाद उन्मुख अर्थतन्त्र । त्यसैले सेयर बजारलाई प्रोत्साहन नगरी समाजवादमा जान सकिँदैन ।’ उनले निजी क्षेत्र र सेयर बजारको विकास नगरी समाजवादमा जान नसकिने दोहोर्याउँदै बजारको विकास गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन् ।
२६ पुस २०७३, २।००
वि.सं.२०७३ पुस २६ मंगलवार १४:१३ मा प्रकाशित