back
NMB ad

बैंकको ५ लाख ३८ हजार कित्ता संस्थापक सेयर लिलामीमा, कसरी गर्ने आवेदन ?

Kumari bank ad

काठमाडौ । सिन्धु विकास बैंकले संस्थापक सेयरको लिलामी सुरु गरेको छ । बैङ्कले हकप्रदमा अवितरित ५ लाख ३८ हजार ३०२ कित्ता संस्थापक सेयरको लिलामी खुलाएको हो । बैंकले माघ २ गतेदेखि १० गतेसम्म लिलाम बढाबढमा उक्त सेयर विक्री गर्न लागेको हो ।

बैंकको सेयर विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले एनआईबिएल क्यापिटल मार्केट्स लाजिम्पाट, शाखा कार्यालयहरु लगनखेल र पोखराको चिप्लेढुङ्गाबाट लिलामी आवेदन गर्न सक्नेछन् ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, सुर्खेत, नेपालगञ्ज, बुटबल, नारायणगढ र धनगढीबाट समेत लिलामी भर्न सकिने बिक्री प्रवन्धकले जनाएको छ ।

बैंकले गत भदौ १८ देखि कात्तिक ५ गतेसम्म ८० प्रतिशत हकप्रद बिक्री गर्दा अवितरित सेयर लिलामी बढाबढमा विक्री गर्न लागेको हो ।

२६ करोड २१ लख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालू आवको प्रथम त्रैमासमा १० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी एक रुपैयाँ ६८ पैसा कायम गरेको छ । हकप्रद पूँजीकरणपछि बैंकको पूँजी ४७ करोड १९ लाख नाघ्नेछ ।

२०७४ माघ २ गते प्रकाशित

वि.सं.२०७४ माघ २ मंगलवार १०:०१ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...