back
NMB ad

माछा पालनबाट महिनाको करिब २ लाख आम्दानी !

Kumari bank ad

काठमाण्डौं । एनजिओ तथा आइएनजिओको जागिर खाएपछि आर्थिक अवस्था मजबुत हुने धेरैको सोच हुन्छ। मनाङ धारापानीका लोकेन्द्रबहादुर घले भने अहिले एनजिओको जागिर छोडेर माछापालनमा लागेका छन्।

मनाङ हुँदै बग्ने मस्र्याङदीमा माछा पाउन त्यति सहज छैन। न त जिल्लामा व्यवसायिक रुपमा माछापालन नै सुरु भएको थियो। अहिले भने उनले यो व्यवसाय थालेपछि मनाङका रेष्टुरेन्टमा फाट्टफुट्ट माछाका परिकारहरु उपलब्ध हुन थालेका छन्।

मनाङ जिल्लामा माछापालन गर्ने उनी पहिलो व्यवसायी हुन्। उनलाई बजारको कुनै समस्या छैन। तर मागअनुसारको उत्पादन भने उनका लागि अहिले चुनौतिपूर्ण बनेको छ।

उनले माछापालनबाट अहिले वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन्। एनजिओको जागिरबाट वार्षिक ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका थिए। घलेलाई अहिले जीवनस्तर सुधार्न माछापालन निकै लाभदायक भएको छ।

त्यति मात्रै नभई आफूलाई कृषि उद्यमीका रुपमा परिचय दिलाउन उनी सफल भएका छन्। उनले भने ‘जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा माछापालन सुरु भएपछि यहाँका किसान पनि प्रेरित भएको पाएको छु ।’

दिगो रुपमा आर्थिक जीवनस्तर सुधार्नस्थापित व्यवसाय नै गर्नुपर्ने उनी बताउँछन्।  उनले मनाङको धारापानीमा गत २ वर्षदेखि माछापालन गर्न थालेका छन्। उनले अहिले आफ्नो उत्पादन मनाङ जिल्लामै खपत गर्ने गरेका छन्।

अहिले उनले प्रतिकेजी १२ सय रुपैयाँका दरले माछा बिक्री गरिरहेका छन्।  झन्डै ५९ लाख रुपैयाँ लगानी रहेको उनको माछापालनमा सरकार र एडिबीको संयूक्त कार्यक्रम हिमाली आयोजनाले पनि अनुदान दिएको छ। आर्थिक सहायताका कारण आफ्नो व्यवसाय विस्तारमा सहज भएको उनको भनाई छ।

माछापालमा कुल लागतको १५ प्रतिशत नेपाल सरकार, २० प्रतिशत घले आफैको र बाँकी एडीबीको सहयोग रहेको छ। उनले अहिले दैनिक सरदर ७ किलो माछा बेचिरहेका छन्। हिमाली क्षेत्रमा हुर्कन सक्ने ट्राउट माछा उनको रोजाई बनेको छ।

उनले भने ‘गएको जाडोमा पोखरीमा हिउँ पर्यो, पानी पनि जम्यो तर माछा भने जिउँदो रह्यो यसबाट मलाई अझै आँट बढेको छ।’ भुरा ल्याउन भने उनका लागि सहज छैन। अहिले माछाका भुरा नुवाकोटको सुनकाखानीबाट ल्याउने गरेको उनी बताउँछन्।

बेशिसहरदेखि मनाङसम्म सडकको ट्रयाक मात्रै छ। गाडी सहजै आवतजावत गर्न कठिन छ। बीचबीचमा काठका पुलहरुको निर्माण गरिएको छ। त्यसकारण ठूलो मात्रामा सामान राखेर पुलमार्फत ओसारपसार गर्न कठिन छ।

उनले अहिले  आफै  भुरा माछा  समेत  उत्पादन गर्ने योजना बनाएका छन्। भुरा माछा उत्पादन गरेर बेच्ने उनको योजना छ। यसबाट आगामी दिनमा मनाङ माछापालनमा अगाडि पुग्ने उनको बुझाई छ।

उनले भने भुरा माछा आगामी वर्षदेखि आफ्नै पोखरीमा उत्पादन गरी बेच्ने योजना बनाएको छु यसले समग्र जिल्लामा माछापालन विस्तार हुने छ।’

सुदिल पोखरेल, सेतोपाटी, ३० असोज २०७३, ११।००

वि.सं.२०७३ असोज ३० आइतवार ११:५९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...