back
NMB ad

गौरिकाको ३० औं कीर्तिमान

Kumari bank ad

काठमाण्डौं । १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजतसहित चार पदक जितेकी गौरिका सिंहले सनसनीपूर्ण प्रदर्शन कायमै राख्दै आइरिस ओपन स्वीमिङ च्याम्पियनसिपमा २ सय मिटर ब्याकस्ट्रोकमा पनि राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

१३ बर्षीय उनले आयरल्यान्डको डब्लिनस्थित नेसनल अक्वाटिक्स सेन्टरमा २ मिनेट २५.९९ सेकेन्डमा २ सय मिटर पूरा गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । उनले अपmनै नाममा रहेको २ मिनेट २६.९३ सेकेन्ड (१२ औं साग) को कीर्तिमान डब्लिनमा सुधार गरेकी हुन् । उनले नयाँ कीर्तिमानको प्रदर्शन समूह ‘बी’को फाइनल चरणमा गरेकी थिइन् । उनले अघिल्लो दिन १ मिनेट १.७८ सेकेन्डसहित १ सय मिटर फि–स्टाइलमा पनि राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

दुई सय मिटर ब्याकस्ट्रोकको उपलब्धि उनको व्यक्तिगत स्पर्धामा २७ औं र समग्रमा ३० औं राष्ट्रिय कीर्तिमान हो । रिलेका तीन स्पर्धाको कीर्तिमान पनि उनकै टिमले बनाएको थियो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा दुई बर्षअघि सम्पन्न १९ औं राष्ट्रिय पौडी प्रतियोगितामा आठ राष्ट्रिय कीर्तिमान बनाएर ११ बर्षको छंदै उनले तहल्का मच्चाएकी थिइन् । उनले २० औं राष्ट्रिय पौडीमा सहभागि ६ स्पर्धामै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्यसैको आधारमा उनले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा जुलाई–अगस्ट, २०१५ मा कजान (रुस) मा भएको १६ औं फिना वल्र्ड च्याम्पियनसिपमा मौका पाइन् । त्यसमा दुई सहभागि स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाइन् । नोभेम्बर, २०१५ मा दुबईमा भएको फिना एयरवेभ स्वीमिङ वल्र्डकपमा पनि उनले प्रतिस्पर्धा गर्ने अवसर पाइन् । त्यसमा पनि सहभागि दुवै स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

लन्डनस्थित बार्नेट कोप्टहल स्वीमिङ क्लबमा चार बर्षयता नियउमित प्रशिक्षण गरिरहेकी १३ बर्षीय उनले १२ औं सागमा २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा रजत तथा २ सय मिटर ब्याकस्ट्रोक, १ सय मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टाइलमा कांस्य जितेकी थिइन् । दक्षिण एसियाली खेलकुदमा पौडीको व्यक्तिगत स्पर्धामा पदक जित्ने उनी पहिलो नेपाली हुन् । उनले ‘वाइल्ड कार्ड’मार्फत् अगस्ट, २०१६ मा ब्राजिलमा हुने रियो ओलम्पिक २०१५ मा नेपालको प्रतिनिधित्व गर्ने आस गरेकी छन् ।

प्रकाशितः २०७३ वैशाख १९

वि.सं.२०७३ वैशाख १९ आइतवार १५:०७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...