back
NMB ad

जिफन्टको सातौँ राष्ट्रिय महाधिवेशन चैतमा

Kumari bank ad

काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सातौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा हुने भएको छ ।

महासंघ राष्ट्रिय कमिटीको बैठकले आगामी चैत १४–१७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको महासचिव विष्णु लम्सालले जानकारी दिए । ‘सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवी वर्ग’ भन्ने मूल नाराका साथ हुने महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ । बैठकले फागुनमा युवा सम्मेलन र महिला सम्मेलन गर्नेसमेत निर्णय गरेको छ ।

यसैगरी जिफन्टले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको निर्वाचन परिणाम तुरुन्त सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेको छ । बैठकमा जिफन्ट महाधिवेशन प्रतिनिधि परिषद् प्रमुख मुकुन्द न्यौपाने तथा जिफन्ट अध्यक्ष विष्णु रिमालले समसामयिक राजनीति र आगामी दिनमा ट्रेड युनियनले खेल्नुपर्ने भूमिकाका विषयमा मन्तव्य रारेका थिए । प्रतिनिधि परिषद् प्रमुख न्यौपानेले वाम एकता भाँड्न चलखेल भइरहेको भन्दै त्यसमा चनाखो भई जिफन्ट कार्यकर्ता एक भएर अगाडि बढ्न आह्वान गरे ।

जिफन्ट अध्यक्ष रिमालले जिफन्ट एकीकृत ट्रेड युनियन आन्दोलनका पक्षमा रहँदै आएको र आगामी दिनमा अन्य ट्रेड युनियनसँगको एकता प्रक्रियालाई निरन्तरता दिइने बताए ।

२०७४ पुस १८ गते प्रकाशित 

वि.सं.२०७४ पुस १८ मंगलवार १५:०६ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...