काठमाण्डौं । केही समय यता लगातार उकालो लागेको सुनको मूल्यमा आज भने घट्न पुगेको छ । आज बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
हिजो प्रति तोला ५५ हजार ५ सय रुपैयाँ रहेकोमा आज बिहीबार सुन प्रति तोला ५५ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आज चाँदी मूल्य भने बढ्न पुगेको छ । आज बजारमा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
६ माघ २०७३, ११।००
वि.सं.२०७३ माघ ६ बिहीवार १२:२५ मा प्रकाशित