काठमाण्डौं । मंगलवार स्थनीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । आज सुन प्रतितोला १ सयले बढी ५४ हजार ९ सय पुगेको हो । हिजो सोमवार सुन तोलाको ५४ हजार ८ सयमा कारोवार भएको थियो ।
आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलवार चाँदी तोलाको ८ सयमा किनबेच भएको छ ।
१८ माघ २०७३, ११।००
वि.सं.२०७३ माघ १८ मंगलवार ११:१८ मा प्रकाशित