काठमाण्डौं । एक साताको अवधिमा सुनको मूल्य तोलामा १ हजारले महँगिएको छ। गएको आइतबार प्रतितोला ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ५३ हजार ७ सय रुपैयाँ पुगेको छ।
शुक्रबारकै मूल्यमा आज सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदी एक हप्ताको अवधिमा तोलामा २५ रुपैयाँ महँगो भएको छ। गएको आइतबार तोलाको ७५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ८० कायम भएको छ। शुक्रबारको तुलनामा आज चाँदी पनि स्थिर छ।
२४ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस २४ आइतवार ११:५५ मा प्रकाशित