पोखरा । घरबास (होम स्टे) कार्यक्रमको बजारीकरण एवम् क्षमता अभिवृद्धिका लागि नेपाल पर्यटन बोर्ड, पोखराको आयोजना र ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च कास्कीको सहआयोजनामा आगामी चैत २५ र २६ गते पोखरामा होमस्टे मार्ट तथा कार्यशाला–२०७३ हुने भएको छ ।
नेपालमा सबैभन्दा बढी ६५ वटा होम स्टे गण्डकी तथा धवलागिरि अञ्चलमा दर्ता रहेको छ । उनले कास्कीमा मात्र ३७ वटा होम स्टे दर्ता भई सञ्चालनमा रहेका कारण पोखरामा कार्यशाला आयोजना गरिएको बताए ।
ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च कास्कीका अध्यक्ष एवम् कार्यशालाका सहसंयोजक तारानाथ पहारीले कार्यशालामा ग्रामीण पर्यटनका विज्ञ एवम् सरोकारवालाबीच अन्तरक्रिया गराइनुका साथै होम स्टेको पुस्तिका निर्माण, तस्बिर तथा वृत्तचित्र प्रदर्शनीलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
यस आसपासका क्षेत्रमा सञ्चालन भएका सिरुवारी, घलेगाउँ, चित्रे तथा काउलेपानीलगायतका ठाउँमा होमस्टे उत्कृष्ट देखिएको छ ।
६ चैत २०७३
वि.सं.२०७३ चैत ६ आइतवार १८:२२ मा प्रकाशित