back
NMB ad

अब ५ वर्षमा मात्र १० प्रतिशत घर भाडा वृद्धि भन्दै…

Kumari bank ad

काठमाडौ। सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले वैज्ञानिक रुपमा घर भाडा निर्धारण गरिने बताएका छन् ।

घर बहाल सरोकार महासङ्घ नेपालले मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले यस समस्यालाई वैज्ञानिक ढङ्गबाट समाधान गर्न मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको र छिट्टै स्पष्ट नीति निर्माण गरिने बताए ।

महासङ्घले बुझाएको ध्यानाकर्षण पत्रमा घर बहाल ऐन तथा लगानीकर्ता सुरक्षा ऐन जारी गरिनुपर्ने, बहालमा लगाउने घरधनीले राज्यलाई घर बहालकर अनिवार्य रुपमा तिर्ने गरी नीति निर्माण गरिनुपर्ने, न्यूनतम सुविधा घरधनी स्वयम्ले नै उपलब्ध गराउनुपर्ने, प्रत्येक पाँच वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि गरिनुपर्नेलगायत उल्लेख छ । त्यस्तै ध्यानाकर्षण पत्रमा सरोकार भएका पक्षसँग समन्वय गरी नीति, नियम र निर्देशिका तयार गरी जारी गर्नसमेत अनुरोध गरिएको छ ।

काठमाडौँ उपत्यकामा करिब १४ लाख र मुलुकभर करिब ७० लाख व्यक्ति घर भाडामा बस्दै आएका महासङ्घका वरिष्ठ उपाध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिए ।

प्रकाशित मितिः २०७३ मंसिर ९

वि.सं.२०७३ मंसिर ९ बिहीवार २०:०५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...