back
NMB ad

डिम्याट खाता साउन १ गतेदेखि अनिवार्य, खाता नभए सेयर किन्न नमिल्ने !

Kumari bank ad

काठमाण्डौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि जस्तोसुकै सेयर कारोबारका लागि पनि अनिवार्य डिम्याट खाता चाहिने भनेपछि डिम्याट (विद्युतीय) खाता नहुनेले अब सेयर किन्न नपाउने भएका छन् ।

कम्पनीहरुले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा लगानी गर्न समेत डिम्याट खाता अनिवार्य चाहिने भएको छ । बोर्डले डिम्याट खाता नभएकाहरुको आवेदन फारम अस्वीकृत गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन पनि दिइसकेको छ । मर्चेट बैंकररले सेयर निष्काशन तथा बिक्री प्रवन्धकको काम गर्छन् ।

डिम्याट खाता खोल्नका लागि निक्षेप सदस्य (डिपोजिटरी पार्टीसिपेन्ट अर्थात डीपी) कहाँ गएर डिम्याट खाता खोल्नुपर्ने हुन्छ । सेयर ब्रोकर, बैंक तथा वित्तीय संस्था र धितोपत्र बोर्डले तोकेका अन्य संस्थाले डीपीको सेवा दिन सक्छन् ।

लगानीकर्ताले खाता खोल्नका लागि फाराम सहित नागरिकता लगायत अन्य आवश्यक कागजातहरु डीपीमा पेश गर्नुपर्छ । त्यसपछि डीपीले लगानीकर्ताको खाता खोली उस्को हस्ताक्षरको अभिलेख राख्छ जुन सीडीएससीमा रेकर्ड हुन्छ ।

सीडीएससीले सो डिम्याट खाता सदर गरी त्यसको जानकारी डीपीलाई पठाउँछ अनि डीपीले खाता सदर भएको पत्र लगानीकर्तालाई दिन्छ । यसरी खोलिएको खाताको सम्पूर्ण विवरण केन्द्रिय निक्षेप प्रणालीमा सुरक्षित हुन्छ । निक्षेप खाता खोल्न १० दिनजति लाग्नसक्छ ।

२६ असार २०७३, १०।००

वि.सं.२०७३ असार २६ आइतवार ११:३० मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...