काठमाण्डौं । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली नयाँवर्ष २०७४ लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले बैंकको शर्त पालना गरेमा एक हप्ताभित्रनै शुन्य ब्याजमा फाइनान्सिङ सुबिधा पाउनेछन् ।
सम्पूर्ण हुण्डाई गाडीहरु ४ वर्ष निःशुल्क सर्भिसिङ र तीनवर्ष वारेन्टी सहित उपलब्ध प्रेस विज्ञप्तिमा जनाइएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरि १६ शोरुमहरु तथा १७ सर्भिस सेन्टरमार्फत् ग्राहकहरुलाई सुविधा प्रदान गरिरहेको छ ।
१७ चैत २०७३, ७।००
वि.सं.२०७३ चैत १७ बिहीवार ०७:१३ मा प्रकाशित