back
NMB ad

अबको तीन वर्षभित्र देशका सबै कुनाकाप्चामा बिजुली पुग्ने !

Kumari bank ad

ताप्लेजुङ । ऊर्जामन्त्री जनार्दन शर्माले अबको तीन वर्षभित्र देशका सबै ठाँउमा विद्युत्को केन्द्रीय प्रशारण लाइन पुग्ने बताएका छन् । “समग्र ग्रामीण विद्युतीकरणको योजनाअनुरुप अबको तीन वर्षमा नै मुलुकका सबै क्षेत्रमा विद्युत् सेवा पुग्ने गरी सरकारले काम गरिरहेका छन्,” ताप्लेजुङ सदरमुकाममा शुक्रबार भएको एक कार्यक्रममा उनले भने । “केन्द्रीय प्रशारण लाइन पुगेका क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउने र नपुगेका क्षेत्रमा विद्युत् पु¥याउने उदेश्यले नै सरकारले अहिले उज्यालो नेपाल अभियान सञ्चालन गरेका छन् ।”

मन्त्री शर्माले आफूले मन्त्रालय सम्हालेयता ताप्लेजुङ, रुकुम, जाजरकोट, कालिकोटजस्ता क्षेत्रमा केन्द्रीय प्रशारण लाइन पु¥याएको र बाँकी दुर्गम क्षेत्रमा पनि क्रमशः विद्युत् पु¥याउने सम्भावनाहरुको खोजीमा लागेको बताउँदै अबको तीन वर्षभित्रै बाँकी रहेका ३५ देखि ४० प्रतिशत जनताको घरघरमा केन्द्रीय प्रशारण पुग्ने विश्वास व्यक्त गरे ।

“मुलुकका सबै नदिनालाबाट विद्युत् उत्पादन गर्न एवम् सदुपयोग गर्न नीतिगत निर्णयको खाँचो महसुस गरेर सरकारले हाल ३७ बुँदे कार्ययोजनालाई अघि बढाइएको छ,” उनले भने । “पहिलो योजनाअन्तर्गत लोड सेडिङमुक्त गराउने अभियानका क्रममा काठमाडौँ, पोखरा, बुटवल, वीरगन्जलगायतका सहरलाई लोडसेडिङ मुक्त बनाइएको र अन्य क्षेत्रलाई क्रमशः लोडसेडिङ मुक्त बनाउने काम भइरहेको छ ।”

मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई सार्थक तुल्याउन जनता र सरकारको लगानीमा एक जिल्ला एक विद्युत् परियोजना सञ्चालनको अवधारणा अघि सार्न लागिएको चर्चा गर्दै प्राथमिकता प्राप्त योजनालाई फास्ट ट्रयाकबाट सम्पन्न गर्न नीतिगत रुपमा सुधार गर्नुपर्ने आवश्यकता औल्याए ।नुभयो । विद्युत् चुहावट न्यूनिकरणका लागि अब चाँडै नै स्मार्ट मिटर जडान गर्ने र मोबाइलबाटै विद्युत् महसुल तिर्ने गरी बातावरण बनाउन अध्ययन तथा आवश्यक काम भइरहेको समेत उनले बताए ।

प्रकाशित मितिः २०७३ माघ २२

वि.सं.२०७३ माघ २२ शनिवार १४:०१ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...