back
NMB ad

इलामका पर्यटकीयस्थलको वृत्तचित्र निर्माण

Kumari bank ad

इलाम। इलामका पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले श्रव्य–दृश्यसहितको डकुमेन्ट्री (वृत्तचित्र) निर्माण गरिएको छ ।
मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले जिल्लाका दुई दर्जनभन्दा बढी पर्यटकीयस्थलको श्रव्यदृश्यसहितको वृत्तचित्र निर्माण गरेको हो । जिल्लामा धेरै पर्यटकीय सम्भावना बोकेका स्थल भएपनि तिनको उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्नुका साथै पर्यटन विकास हुन नसकेको ठहर गर्दै समितिले वृत्तचित्रमार्फत प्रचारप्रसार थालेको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताए ।
इलाम र झापाको सीमावर्ती क्षेत्र जोरकलशदेखि समुद्र सतहदेखि तीनहजार छ सय ३६ मिटरको उचाइमा रहेको सन्दकपुरसम्मका पर्यटकीयस्थलको वृत्तचित्र बनाइएको समितिले जनाएको छ । सूर्योदय र सूर्यास्तका लागि प्रख्यात अन्तुडाँडा, पाथीभरा, कन्याम, गुफापाताल, नयाँबजार, इलामको चिया बगान, सेतीदेवी, गजुरमुखी, सिंहवाहिनी, माइस्थान, लारूम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, माईपोखरी, टोड्के झरनालगायतका थुप्रै पर्यटकीयस्थलको वृत्तचित्र गङ्गादीप फिल्म प्रालिले बनाएको हो ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले पर्यटकीयस्थलको वृत्तचित्र निर्माणका लागि प्रालिलाई रु तीनलाख खर्च लागेको द्यौरालीले बताए । “पहिलोपटक इलामका पर्यटकीयस्थलको डकुमेन्ट्री बनाएका हौँ, आगामी दिनमा पाँचथर र ताप्लेजुङको समेत निर्माण गर्ने योजना छ”, निर्देशक द्यौरालीले भने । वृत्तचित्रले पर्यटकीयस्थलको प्रचारप्रसारमा टेवा पुग्नुका साथै पर्यटन व्यवसाय फस्टाउनेमा समिति विश्वस्त रहेको छ ।

वृत्तचित्रलाई नेपाल टेलिभिजनबाट समेत प्रसारण गर्ने र कोल्बुङमा रहेको पर्यटन सूचना केन्द्रमा राखेर इलाम भित्रने पर्यटकलाई पर्यटकीयस्थलका बारेमा जानकारी गराइने द्यौरालीको भनाइ छ । वृत्तचित्रमा विभिन्न जातजातिको भेशभूषा, संस्कृति र जातजातिको झाँकीसमेत समावेश गरिएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १७

वि.सं.२०७३ मंसिर १७ शुक्रवार २०:२४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...