back
NMB ad

हात्तीबाट मिलेको जीवन प्रेरणा : असफल हुँदैमा लक्ष्यबाट विचलित हुनु हुँदैन

Kumari bank ad

arthatantra logo final 31 januaryएकदिन एउटा मानिस बाटो काटिरहेको थियो । त्यही बेला उसले देख्यो कि ठूला ठूला हात्तीहरु मसिना र कमजोर देखिने डोरीहरुले बाँधिएका थिए । उसलाई अचम्म लाग्यो । किनभने ती डोरीहरु यति कमजोर थिए कि हात्तीहरुले सजिलै आफ्नो बलले त्यसलाई फुत्काएर आफूले चाहेको स्थानतिर भाग्न सक्थे । तर ती हात्तीहरु त्यही डोरीमा बाँधिएर बसेका थिए ।
त्यो व्यक्तिलाई यो कुराले यति अचम्म लाग्यो कि ऊ त्यो हात्तीहरुको माउते भएको ठाउँमा गएर यस विषयमा जान्ने विचार ग¥यो । त्यसपछि ऊ हात्तीका माउतेको छेउमा गयो र किन हात्तीलाई मसिनो डोरीले बाँधेको अनि यस्तो अवस्थामा हात्तीहरु किन नभागेको भन्ने प्रश्न राख्यो । त्यो माउतेले जवाफ दियो कि हात्तीहरु जब साना थिए त्यतिबेला देखि नै उनीहरुलाई त्यही डोरीले बाँध्ने गरिएको थियो ।
सानो उमेरमा हात्तीहरुलाई त्यही डोरीले बाँधिएको थियो । त्यो समयमा उनीहरुले त्यो बन्धनलाई फुत्काउने भरपुर प्रयास गरे । तर उमेर सानो र बल कम भएकाले त्यतिबेला उनीहरुले त्यो डोरी फुत्काउन सकेनन् । अहिले उनीहरु ठूला भए, उनीहरुसँग त्यो डोरी फुत्काउने भन्दा पनि सयौं गुणा बढी बल छ तर पनि उनीहरु त्यो डोरी फुत्काउँदैनन् किनकी उनीहरुको दिमागमा नै अहिले पनि यो डोरी बलियो छ भन्ने भ्रम बसिरहेकोछ । उनीहरुलाई अझै पनि उनीहरुले त्यो डोरी फुत्काएर भाग्न सक्दैनन् भन्ने मानसिकता रहेकाले उनीहरुले त्यो झिनो डोरीकै आडमा बाँधिएर बसेको जवाफ त्यो माउतेले ती व्यक्तिलाई दिए ।
त्यी व्यक्ति यो कुरा सुनेर छक्क परे । हामी मानिसहरुको जीवनमा पनि यही कुरा लागु हुन्छ । हामी मानिसहरुले कहिलेकाँही असफलतालाई नै आफ्नो भाग्य मान्न थाल्छौं । केही सफयको प्रयासपछि हामी फेरि प्रयास गर्न छाड्छौं । केही समयको असफलता पछि हामीलाई लाग्न थाल्छ कि हामी गलत इच्छा वा चाहना राख्न थालेका छौं, त्यो कुरा हाम्रो लागि बनेको नै हैन भन्ने सोच्न थाल्छौं ।
यस्तो कदापी हुँदै होइन । असफलता भनेको त एउटा खुड्किलो हो । र हामी मानिसहरुसँग आफ्नो हरेक डरलाई जित्ने क्षमता रहेको हुन्छ । त्यस्तै हामीसँग आफ्नो असफलतासँग जुध्ने शक्ति पनि रहेको हुन्छ, मात्र हामी त्यसलाई देखेर पनि नदेखे जस्तो गरिरहन्छौं ।
यो लेखबाट सिक्न सकिने तीनवटा कुराहरु :
१. केही असफलताहरुले यो कहिल्यै पनि ग्यरेन्टी गर्दैनन् कि हामी जिन्दगीमा असफल भएका छौं ।
२. हामीले सधैं प्रयासरत हुनु जरुरी छ किनभने हरेक पटकको प्रयाससँगै हामी बलियो हुँदै गइरहेका हुन्छौं ।
३. हामीले आफ्नो सोचाईलाई असफलताप्रति केन्द्रित गर्नु हुन्न र मेरो भाग्यमै रैनछ भन्ने सोच्नुहुन्न, हामीले मात्र प्रयास गर्न छाड्न हुन्न ।

वि.सं.२०७३ असोज २९ शनिवार ०९:०७ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...