back
NMB ad

इरान बन्यो आउँदो वर्षको विश्वकपमा छानिने एसियाको पहिलो टिम !

Kumari bank ad

काठमाडौ । इरान विश्वकप फुटबलमा छनौट भएको छ । सोमबार राति भएको खेलमा उज्वेकिस्तानलाई २–० गोल अन्तरले हराउँदै इरान आउँदो वर्ष रसियामा हुने विश्वकप खेल्ने तेश्रो टिम बनेको छ ।

छनौट चरणबाट ब्राजिल तथा रसियाले आयोजकको नाताले विश्वकपमा यसअघि नै स्थान सुरक्षित गरेका छन् । इरान आउँदो वर्षको विश्वकपमा छानिने एसियाको पहिलो टिम हो । विश्वकप छनौटको तेश्रो चरणमा समूह ‘ए’मा छैटौं जित निकाल्ने क्रममा इरानले सोमबार राति उज्वेकिस्तालनई हराएको थियो ।

इरानको ८ खेलबाट २० अंक भएको छ । तेश्रो स्थानमा रहेको उज्वेकिस्तानको १२ अंक छ । दक्षिण कोरियाको भने ७ खेलबाट १३ अंक छ । समूहका शीर्ष दुई टिम विश्वकपमा छनौट हुन्छन् भने तेश्रो स्थानको टोलीले चौथो चरणमा प्ले अफ खेल्न पाउँछ ।

विश्वकपको एशियाली छनौटको समूह ‘बि’मा रहेका इराक र थाइल्याण्डको भने विश्वकपमा छनौट हुने सम्भावना सकिएको छ । सन् १९७८ मा पहिलो पल्ट विश्वकप खेलेको इरान विश्वकपमा छनौट भएको यो पाँचौं अवसर हो ।

१९७८, १९९८, २००६ र २०१४ का विश्वकप खेलेको इरान समूह चरणबाट माथि उक्लिन सकेको छैन ।

प्रकाशित मितिः २०७४ जेठ ३०

वि.सं.२०७४ जेठ ३० मंगलवार ०९:१५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...