back
NMB ad

मोर्चा परिवर्तन भए पनि ‘मिसन’ उही ‘मुलुकको समृद्धि’:महासचिव पोखरेल

Kumari bank ad

सिन्धुली । नेकपा (एमाले( का महासचिव ईश्वर पोखरेलले पार्टीको मोर्चा परिवर्तन भए पनि मिसन (लक्ष्य) परिवर्तन नभएको बताएका छन् ।

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकको सिन्धुलीमा उद्घाटन गर्दै उनले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, आर्थिक विकास र मुलुकको समृद्धि पार्टीको लक्ष्य भएकाले प्रमुख प्रतिपक्षमा रहेर पनि जनताका मुद्दा बोक्न उत्तिकै जिम्मेवार हुने बताए ।

उनले एमालेले बोेकेको मुद्दा पार्टीको मात्र नभई सिङ्गो मुलुककै भएकाले ती मुद्दालाई जनताका बीचमा जागरणका रुपमा लैजान पार्टी परिचालित हुने पनि उल्लेख गरे ।

एमाले सचिव गोकर्ण विष्टले ओली नेतृत्वको सरकारले गरेका लोकप्रिय कामको जगमा पार्टी प्रतिपक्षमा रहँदा एकतावद्ध भई आगामी प्रतिस्पर्धामा श्रेष्ठ हुने गरी अगाडि बढ्ने बताए ।

अर्का सचिव योगेश भट्टराईले संविधान बमोजिम स्थानीय तह र अन्य तहको निर्वाचन समयमा गर्न सरकारसँग माग गर्दै निर्वाचन नगर्ने र अनावश्यक विषयमा संविधान संशोधन गराउन खोजेर मुुलुकलाई अधोगतिमा धकेल्ने प्रयास चिनुपर्ने बताए ।

पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले प्रेस चौतारी नेपालले व्यावसायिक र वैचारिक रुपमा आफूलाई थप सशक्त बनाउँदै लैजानुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकारको वृद्धि भएको न्यूनतम पारिश्रमिक लागू गराउन दबाब सिर्जना गर्ने बताए । एमाले केन्द्रीय सदस्य कमलजङ्ग राई, एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कटुवाल, सांसद् गणेश पहाडीलगायतले बैठकको सफलताको कामना गरेका थिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार कुन्दन अर्यालले ‘लोकतान्त्रिक संस्कृति निर्माणमा मिडियाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले व्यावसायिक रुपमा दक्ष र वैचारिक रुपमा प्रस्ट पत्रकारको संस्थाका रुपमा संगगठनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

गत जेठ ६ देखि ८ सम्म काठमाडौँमा सम्पन्न आठौं अधिवेशनबाट चयन भएको चौतारीको नयाँ नेतृत्वको दोस्रो पूर्ण बैठकले तीन वर्षको कार्यकालका लागि कार्ययोजना, कार्य विभाजनलगायतका कार्यसूचीमा छलफल गर्नेछ ।

प्रकाशित मितिः २०७३ भदौ १५

वि.सं.२०७३ भदौ १५ बुधवार १८:५२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...