back
NMB ad

 आज जनै लगाएर नागपञ्चमी मनाइदै

Kumari bank ad

 

काठमाण्डौं । जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ धारण गर्ने र रक्षा सुत्र बाँध्ने प्रचलन छ तर, २०७४ सालमा भने तपाईंलाई नागपञ्चमीकै दिन यी सब काम गर्नुपर्ने हुन्छ ।

२०७४ सालको पात्रोमा साउन १३ गते नागपञ्चमी र २३ गते जनैपूर्णिमा उल्लेख छ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् साउन २४ गते गाईजात्रा छ । तर २३ गते जनैपूर्णिमाको दिन चन्द्र ग्रहण परेको छ । हिन्दु धर्म संस्कार अनुसार चन्द्र ग्रहण लाग्ने दिनलाई शुभ मानिँदैन र मांगलिक कार्य गरिँदैन ।

त्यसैले साउन १३ गते नाग पञ्चमीकै दिन जनैपूर्णिमा अर्थात रक्षा बन्धन गर्ने निर्णय गरेको पञ्चांग निर्णायक समितिका अध्यक्ष सूर्य ढुंगेलले जानकारी दिए । ‘चन्द्रग्रहणमा जनै लगाइँदैन । त्यस्तो अवस्थामा चन्द्रग्रहण अघि नै जनै लगाउनुपर्ने हुन्छ ।

शास्त्रमा जनैपूर्णिमामा चन्द्रग्रहण परे नागपञ्चमीमा जनै लगाउनू भन्ने छ,’ अध्यक्ष ढुंगेलले भने । सरकारले सार्वजनिक गरेको पात्रोमा १३ गते रक्षा बन्धन अर्थात जनै लगाउने दिन उल्लेख छ ।

त्यो दिन पञ्चमी तिथी हो । सामान्यतया जनै पूर्णिमा भनेको पूर्णिमा तिथीमै हुनुपर्ने हो । तर, कसरी साउन १३ गते नाग पञ्चमीको दिन जनै पूर्णिमा उल्लेख गरियो भन्ने कुराले धेरैजना अन्यौलमा परेका छन् । तर, अन्योलमा नपरी नागपञ्चमीकै दिन जनैधारण गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष ढुंगेलले बताए ।

यसअघिको परम्परा अनुसार जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा हुने भएपनि गाईजात्रा भने साउन २४ गते नै पर्ने समितिले जनाएको छ ।

प्रकाशित मितिः २०७४ आउन १३

वि.सं.२०७४ साउन १३ शुक्रवार ०८:०४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...