back
NMB ad

राष्ट्रिय गौरवका आयोजना द्रुतगतिमा किन अघि बढ्न सकेन ?

Kumari bank ad

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनबहादुर शाहीले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको काम द्रुतगतिमा अगाडि बढाउन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७३/०७४ मा सञ्चालित आयोजना तथा कार्यक्रमको प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले निर्देशन दिएका हुन् ।

मन्त्री शाहीले अहिले सोचेअनुरुपले काम अगाडि बढ्न नसकेको भए तापनि अर्को चौमासिक समीक्षा बैठकमा तीन गुणाले परिणाममुखी र लक्ष्यकेन्द्रित काम अघि बढाउन निर्देशन दिए । “राष्ट्रिय गौरवका आयोजना जति चाँडो सम्पन्न हुन्छ, मुलुकको आर्थिक विकासले त्यति नै चाँडो फड्को मार्छ, त्यसैले राष्ट्रिय सङ्कल्पका साथ तोकिएको जिम्मेवारी पूरा गर्न लाग्नुपर्छ”– उनको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए ।

मन्त्री शाहीको अध्यक्षतामा बसेको बैठकमा पर्यटन मन्त्रालयका सचिव, विभागीय प्रमुख, महाशाखा प्रमुख, शाखा प्रमुख र मन्त्रालयअन्तर्गत निकायका प्रमुख र राष्ट्रिय योजना आयोगका पर्यटन मन्त्रालय हेर्ने सहसचिवको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः २०७३ पुस १०

वि.सं.२०७३ पुस १० आइतवार २०:३५ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...