Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

जापानमा विद्यार्थीहरुको डरलाग्दो चीत्कार !

कला पन्थ

February 2, 2017

देशको मेरुदण्ड भनेको युवाशक्ति हो, अर्थात युवाशक्ति देश निर्माणको मेरुदण्ड हो । यति हुँदाहुँदै पनि दिन प्रतिदिन युवाहरूलाई आर्थिक, पारिवारिक र राजनैतिक अस्थिरताले देशबाट धकेलिइँदै छ ! विकसित देशमा थोरै लगानी गरेर जानू र आफुले थाम्न नसक्ने ऋणको भारी बोकेर अरुको लहैलहैमा बगेर बिदेश पस्नुमा धेरै अन्तर छ ।

आफू कुन देश जाने हो, त्यहाँका नियमहरु बुझेर अनि भाषा तथा सीप सिकेर जानू केही हद राम्रो मानिन्छ । तर कन्सलटेन्सिको मात्र भरमा सकी नसकी ऋण बोकेर जानू भनेको आफ्नो जिन्दगीलाई दुःखी आफैंले बनाउनु हो । जस्को उदाहरणको रुपमा विद्यार्थी भिषामा जापान जाने विद्यार्थीहरुको चित्कारलार्इ लिन सकिन्छ ।

हिजो आज जापान जान विद्यार्थी भिषामा सहज बनाइएको छ । अनि भर्खरका कलिला विद्यार्थीहरु ऋण काँधमा बोकेर हजारौं सपनाहरू सजाएर जापान जान लाम लागेका छन् । झुठो आश्वासन दिलाउँदै जापान लैजाने एजेन्सिहरुको पनि ठुलै भिड छ । युवाहरु एजेन्सिको झुठो आश्वासनमा बगेर जापान पुग्दछ्न अनि यथार्थमा धेरै फरक पाउँछन् । जस्ले गर्दा तनाव, पिडा अनि दर्दमा आफुले आफुलार्इ डसेर संघर्ष गर्न बाध्य हुन्छन् । जसको फलस्वरूप कलेज र कामको दौरानले खानपिन अनि सुत्ने समय नहुनु, भोकभोकै हिंड्नु पर्ने विवशता, जति नै परिश्रम गरे पनि उपलब्धि नहुनु, काममा पनि अनावश्यक तनाव लिनु पर्ने, आफ्नो मनमा लागेका कुराहरू राख्न नसक्नु (किनकी भाषाको समस्या हुनु) अधिकांश रेस्टुरेन्टहरुले विद्यार्थीहरुलार्इ काम लगाउने अनि तोकिएको पारीश्रमिक नदिनु जस्ता समस्या विद्यमान छन जापानमा । जसले गर्दा सुन्दर सपना सजाएर जापान पुगेका युवाको घाउमा नुनचुक मिसाए जस्तो हुन्छ ।

जापानमा विद्यार्थीहरुको जनजीवन असामान्य रहेको पाइन्छ । उता नेपालबाट ल्याएको पैसा ब्याजको तनावको कारणले मिनेट मिनेट मुटु खाइरहेको अनुभुती हुन्छ । आफुले एकातिर आफ्नो जीवन सुस्केरा सुस्केरामा बिताउनु छ, उता नेपालमा परिवारको तनाव । अनि समाजमा पनि जापान गएको यत्तिका वर्ष  भैसक्यो केही गर्न सकेन भन्ने खालका चर्चा परिचर्चा ! यस्को सिधै असर युवाहरुको मस्तिस्कमा पर्ने गरेको विभिन्न तथ्याँकहरुले बताउँछ ।

दिनहुुँ विद्यार्थी भिषामा जापान जानुको कारण देशमा राजनैतिक अस्थिरता हुनु, योग्यता अनुसार अवसर नपाउनुनै हो । जापान प्रवेश गरे पछि विद्यार्थीहरु डिप्रेसनमा जानू अनि जापानमा दिनहुुँ आत्महत्याको संख्या बढनुमा नेपालको आर्थिक हिसाब किताब समयमा मिलाउन नसक्नु पनि  अर्को कारण हो । जस्को कारण नेपालबाट परिवारले र परिवारलार्इ समेत मानसिक तनाव हुनु, कलेजको फि तोकिएको समयमा तिर्न नसक्दा पिडा हुनु, अनि दैनिकी जनजीवन पानी, बत्ती अनि कोठाभाडको चाप पर्नु, जीवनशैली निकै महँगो हुनु, नेपालमा कन्सलटेन्सिले भनेको र आफुले भोगेको जापानमा धेरै मतभेद हुनु, अनि आफू सन्चो नहुँदा पनि काममा सँधै घोटिइनु पर्ने, भबिस्यमा  पिआर पनि नबन्ने विभिन्न बाध्यताले गर्दा जापानमा विद्यार्थी भिषामा जाने नेपालीहरुको जनजीवन निकै कष्टप्रद देखिन्छ । जति बेला पनि असन्तुष्ट मानसिकता बोकेर बाँच्न विवस छ्न नेपाली विद्यार्थीहरु  जापानमा ।

मनोबैज्ञानिक असरहरु सँधै मानसिक बोझको रुपमा बोकेर हिंड्न् विवश मानिस एक दिन आफ्नै जिन्दगी देखेर, भोगेर, थाकेर अनि जीवनदेखि वाक्क भएर आत्मा हत्यासम्माको बाटो रोज्न पछि पर्दैनन् । जापानमा जो दिन दिन बढदो छ !

केहि समय अगाडी डिपेन्डेन्ट भिषा सहज भए पनि अहिले जुन भिषामा कडार्इ गरिएको छ । जसले गर्दा जुन आशाको तान्द्रो थियो अहिले त्यो पनि अति कठिन हुंदै गएको छ । जापानमा विद्यार्थी भिषामा जाने विद्यार्थीलाई तहसनहस बनाइएको छ । मन भित्र लाखौं दुःखका घाउहरु बोक्न बाध्य बनाइएको छ । नेपाल फर्कौ भने ऋन अनि ब्याज कसरी चुक्ता गर्ने, जापानमा विद्यार्थी भिषामा संघर्स केको लागि गर्ने ! जस्ता प्रश्नहरु उब्जिाएको छ । न नेपाली विद्यार्थीले जापानबाट प्राप्त गरेको शैक्षिक योग्यताको कदर जापन बाहेक कहिँ छैन । दिन दिनै जापन प्रवेशको क्रम बढदो छ । अनि नेपालबाट हेर्दाको जापान र पुगिसकेपछि भोग्दाको जापनमा धेरै अन्तर छ । जस्ले गर्दा नेपाली विद्यार्थीहरुलार्इ हरेक कुराले मानसिक तनाब दिने, जति दुःख सङ्ग लडाइँ गरे पनि आफ्नो महत्वाकांक्ष पूरा गर्न नसक्ने, आफ्नो सपनाहरु लथालिङ्ग हुने गर्छ । दिनहुुँ आफ्नो भुमिका के हो ? कर्तव्य के हो ? प्रतिज्ञा के थियो ? सबै बोध छ, तर उस्ले आफुले नेपालमा गरेका बाचाहरु पूरा गर्न चाहँदा चाहँदै ऊ असमर्थ हुन्छ ।

सामन्य परिवारको सन्तान अनि योग्यता भए पनि राजनीतिमा कम पहुँच भएकोले गर्दा अवसर आफ्नो देशमा नपाएर त्यतिकै हाम्फाल्दा झन बढी तनाब झेल्नु पर्छ ।

जापान विद्यार्थी भिषामा आउनेलार्इ मियागी केन सेन्दाइ जापान बस्ने मेरा दुई जना साथिहरुको सन्देश छ : सम्भावना भएसम्म आफ्नो देशमा केही गर्नुस, नभए सीप र भाषा सिकेर एजेन्सीको मात्र होइन  माध्यमबाट धेरै कुराहरु बुझेर थोरै लगानी लगाएर मात्र विदेश जानू होला।  अनि बिद्यार्थी भिषामा जापान  सकेसम्म नआउनुस । ठुलो महत्वाकांक्षा बोकेर विद्यार्थी भिषामा जापान आउँदा हामी पनि झुक्कीयौं  । जसको फलस्वरूप हामी जीवनमा जापान प्रवेश गरेदेखि सुनामी प्रवेश गरेको अनुभुती भइरहेको छ । जति नै जिन्दगीलाई मेहनत र पसिना सङ्ग लडाइँ गरे पनि जीवन परिवर्तन गर्न नसक्ने भएका कारण अरु साथिहरुले यस्तो दर्द भोग्न नपरोस ।

२० माघ २०७३

subash panday
February 2, 2017 at 8:51 pm

something true some thing is may be unfulfill any way thank u vauju for advice (maneesa janneako nai dukha garna ra jun dukha hame la bedasa ma garaka xau tyo hamro pyaro country ma garneho vanaa dharai ramro huntheao k garnu hamro country ko abastha nai tastai xa sapai kura vayara pane utilize garna payedana ghuuusa ra kat maar ma fasako xa ) any way japan hosa yaa another country hosa tara student ma aayara study ramro saga garnusa future bright xa ….hame nepali dajuvai haru tree ma poisa khalako xa vanara tepna jasto garxau nepal ko jastai rule samjeara out country ma pane same rule use garxau kasla dukha paudaina so thu anusar aafu lai change garna shakaaa jaha gaya pane ramro xa nata japan nata usa nata australia,canada just i want to give a sugestion be work hard and be positive like (me) tapai haru student ma aayara working ma focuse garnu hunxa dukha ta paye halnu hunxa ne … japan ma nepali la nepali lai thogxan but japnease god saman hunxan rule is rule thank u any way some thing is true vauju

Reply
Mohan khulal magar
February 2, 2017 at 10:48 pm

Malaipani yo tathye bastbik lagxa

Reply
Suren Tamang
February 3, 2017 at 1:37 am

Yo lekh ma kati satyaxa lekhika affai jannun tapaile lekhko lekh vanda vinnai xa mero anuvab, mahenat garne Kai Japan thikxa. Japan ko samasya ma parxan u affanai karan le parxa suchana ra information ko kamele tapaile Kunai thau lai focused garerA lekhnu vako ho vane Jandina Tara ma baseko ori pari sathi vai ma yesto samasya dekhdina manxe lai dukha garna sikauxa Japan le Japan ko padai

Reply
Suren Tamang
February 3, 2017 at 1:42 am

Aru desh ya Nepal ma kaam lagdaina vane Japan ma tah kaam lagxa ni Aru desh ma Lagena vane affno desh use garna sakinxa so atmahatya garne haru murkha ho kaam gardaina Ramiri school ma padaina jadaina vane tah America ra Australia Liya gayeni garxa so bichar affno affno ho anyatha nalinu hola

Reply
padam thapa magar
February 3, 2017 at 4:16 am

लेख असाधै मनपरयोॅ छोरालाइ Student visa मा Japan पळाउने सोचमा छु! तर But अब के गनॅे???छोरो तहलगाउने की बेरोजगार बनाएर घरमा राखने!अरुकुरा र काममा लगाब छैन!!

Reply
Rose
February 3, 2017 at 6:12 am

yestoo sujhaab dine ani aafu chai japan basne murkha turunta farki haaal

Reply
Sujan
February 3, 2017 at 10:22 pm

ganbate!!!!!!!! Gambareba dekiru

Reply
Roshan
February 3, 2017 at 10:41 pm

Hya j paye tei !! Garne le yesai pani garirako xa . Hunu na nahunu ko nws banayera k duniya lai tanav dine kaam garxau hau !! K manxe AUS US jada chai rin nali janxa ?? K tini haru le Clz fee tirnu prdaina ?? K tini haru le basi basi kamauxa ?? Waiyat

Reply
Roshan
February 3, 2017 at 10:46 pm

Ani Arko kura basi basi thagera khana paine des Nepal matra ho bahira ta dukha grnai prx.Ani yedi yehi dukha garera Nepal ma kei hune vaideko vaye kina duniya bidesina parthyo?? Kina ?? Ani tanab jhelnu prne re !! Ani kaam hunxa tanab ta hunxa nai k AUS US ma chai moj tarika le kamaine hora ??

Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *


सम्बन्धित शीर्षकहरु