back
NMB ad

तरकारी किन्दा ढाडै सेकियो ? अब गर्नुहोस् कौसी खेती

Kumari bank ad

काठमाण्डौं । गाउँघरमा प्रसस्त जग्गा जमिन हुने भएकाले ताजा तरकारी उत्पादन गरेर विषादीरहित तरकारी सेवन गर्न सक्ने भए। तर शहरमा ठूलो संख्यामा रहेको जनसंख्या नै विषादीयुक्त तरकारी प्रयोग गरिरहेको छ। घरमात्र भएको सहरमा बजारको भर पर्नुको विकल्प कसरी खोज्ने ?

हाल विकल्पको रुपमा प्रयोगमा आउन थालेको छ कौसी तथा करेसावारी। अर्थात घरको वरीपरीको खाली ठाउँ, घरको छत, कौसीमा पनि तरकारी खेती गर्ने।

 विकसित देशहरुमा निकै नै लोकप्रिय यो वैकल्पिक खेतीपाती विस्तारै काठमाडौंमा पनि लोकप्रिय भइरहेको छ। तर खेतीका लागि प्रविधिको ज्ञानको अभावमा तपाई कतै अलमलिनुभएको त छैन?

यस्तै अलमललाई मेटाउने भन्दै ‘गौतम श्री अर्गानिक एन्ड काउ फार्म’ले मलदेखि सिप सिकाउने, परामर्श दिनेसम्मका सेवा दिने भएको छ।
गाई फार्म संचालन गरिरहेको गौतमश्रीले त्यही फार्मबाट आएको गाईको प्राङ्गारिक मलसँगै कौसी खेतीको लागि आवश्यक पर्ने गमला, क्रेट, माटो, बिउ, बेर्ना एकै ठाउँबाट उपलब्ध गराउने अध्यक्ष रामबहादुर गौतमले जानकारी दिए।
तत्कालको लागि कुलेश्वरमा रहेको आफ्नै मार्टबाट १० किलोको प्याकेटमा प्राङ्गारिक मल वितरण गरिरहेको र एक महिनाभित्र क्रेट, गमलासहितको पुर्ण प्याकेज उपलब्ध गराउने गौतमले बताए।
‘हाल हाम्रै फार्मबाट उत्पादन गरेको मल एक किलोको २० रुपैयाँमा बिक्री गरिरहेका छौँ’ उनले भने, ‘गमला, क्रेट लगायतका सामग्रीहरु अर्डर गरिसकेका छौँ, त्यसपछि कौसी खेती गर्न चाहनेहरुलाई पुर्ण प्याकेज दिन्छौँ।’
हाल आफ्नै फार्मबाट पाँच सयदेखि एकहजार किलोसम्म गौतमश्रीले मल उत्पादन गरिरहेको छ।  प्राङ्गारिक मल एकदमै सस्तोमा दिइरहेको र अन्य सामग्री पनि सस्तोमा उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए।
विरुवासहितको क्रेटको २ सय ५० रुपैयाँ पर्ने र उक्त क्रेटमा पाँच वटासम्म रायोको साग, खुर्सानीको बेर्ना तथा अन्य हरियो तरकारी फलाउन सकिने व्यवस्थापहरुले जानकारी दिए।
लगायतको  १५ दिनमा साग खान मिल्ने र अन्य तरकारी पनि चाँडै उत्पादन हुने खालको बिउ उपलब्ध गराइने, बेर्नाको लागि छुट्टै ग्रीन हाउस निर्माणको काम सिकाइने गौतमले जानकारी दिए।
कौसीखेती गर्नेहरुको लागि सिप, प्रविधिको तालिम दिइने, कसैले व्यावसायिक रुपमा प्राङ्गारिक खेती गर्न चाहेमा किस्ताबन्दीमा भुक्तानी लिने गौतमले बताए।
९ माघ २०७३, सेतोपाटी, ११।००

वि.सं.२०७३ माघ ९ आइतवार ११:४६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...