back
NMB ad

चीनसँग बाटो खोल्न सर्वसाधारण नै अघि सरे, सरकारको मुख नताक्ने

Kumari bank ad

मुस्ताङ । उपल्लो मुस्ताङवासीको अग्रसरतामा चीनको सिमाना कोरला नाका जोड्ने समर–भियना सडकको मर्मत सुरु गरिएको छ ।

जोमसोम–कोरला सडकखण्डअन्तर्गत पर्ने उक्त सडकखण्डलाई उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ । सबैभन्दा जोखिमयुक्त मानिने करिब दुई किलोमिटर समर–भियना सडकखण्ड मर्मत गर्न करिब ३० लाख रुपैयाँ बजेट आवश्यक पर्ने भए पनि जिविसले १२ लाख रुपैयाँ मात्र उपलब्ध गराएको छ ।

बजेट अपुग हुने भएकाले लोमान्थाङ, छोसेर आदिका सर्वसाधारणले दैनिक श्रमदान गर्ने सहमतिमा मर्मत सुरु गरिएको हो । व्यापारिक कारोबारका लागि कोरला नाका सञ्चालन गर्नुपर्ने सर्वत्र माग भएपनि सडक मर्मतका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा स्थानीयवासी भने आक्रोशित बनेका छन् ।

स्थानीयवासीको पहलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पनि केही दिन श्रमदान गर्ने भएका छन् । सरकारले बजेट कम उपलब्ध गराए पनि विभिन्न सङ्घसंस्था र स्थानीयवासीको लगानीमा सडक मर्मत गरिने लोमान्थाङका स्थानीयवासी टासी गुरुङले जानकारी दिए ।

जिविसले उपलब्ध गराएको बजेटबाट ढुङ्गा, बालुवा र माटो सङ्कलन कार्य गरिने उनको भनाइ छ । जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रवीन्द्र तिवारीले सडक फराकिलो र सतह मिलाउने काम सुरु गरिएको बताए ।

“पैसा थोरै भए पनि श्रमदान गर्न स्थानीयवासी तयार छन्, त्यसमा सुरक्षा निकायले पनि राम्रो साथ दिएको छ”, उनले भने । उक्त सडकखण्ड मर्मत भएमा ९३ किलोमिटर लामो जोमसोम–कोरला सडक सञ्चालन गर्न समस्या नहुने इन्जिनियर तिवारीको भनाइ छ ।

१९ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १९ शुक्रवार १०:५० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...