back
NMB ad

आफ्नै भातृ संगठनको घेरामा प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाण्डौँ । युवा सङ्घ नेपालले युवा केन्द्रित बजेट ल्याउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजो एक ज्ञापनपत्र बुझाएको छ ।

सङ्घका अध्यक्ष राजीव पहारीको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार गएको प्रतिनिधिमण्डलले बजेट निर्माणमा युवालाई प्राथमिकता दिनुपर्ने, रोजगारीको अवसर वृद्धि गर्नुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएको हो । त्यसैगरी, तराई क्षेत्रमा हुने महिला हिंसा, विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता कायम गर्नुपर्ने, विप्रेषणलाई व्यवस्थित रुपमा उपयोग गर्न कोष बनाई सोही कोषबाट ठूला परियोजनामा लगानी गरी विप्रेषण पठाउनेलाई लाभ हुने गरी प्रतिफलको व्यवस्था गर्नुपर्ने जस्ता विषयमा सङ्घका प्रतिनिधिले प्रधानमन्त्रीलाई सुझाएका छन् ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले युवा सङ्घले उठाएका विषयवस्तु गम्भीर रहेको र त्यसलाई समाधान गर्नका लागि सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए। प्रधानमन्त्री ओलीले विभिन्न अन्तर्राष्ट्रिय शक्ति केन्द्रले नेपाललाई प्रयोगशालाका रुपमा विकास गर्न खोजेकाले त्यसप्रति युवाशक्ति चनाखो र एकताबद्ध हुनुपर्ने बताउँदै जनप्रतिनिधिले जारी गरेको संविधानलाई सबै मिलेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

३ बैशाख २०७३, १२।००

वि.सं.२०७३ वैशाख ३ शुक्रवार १४:०० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...