back
NMB ad

प्रधानमन्त्री दाहाल न मैदानका खेलाडी न खेलका रेफ्री भन्दै केपी ओलीले…

Kumari bank ad

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलनलाई विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्ने बताएका छन् ।

एमाले सम्पर्क समन्वय समितिद्वारा आयोजित शुभकामना कार्यक्रममा उनले नेपाल अध्यक्ष राष्ट्रका हैसियतले सार्क सम्मेलन विवादमा आएको समयमा त्यसलाई समाधान गर्न नेपालका प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले भने, “सार्कका वर्तमान अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल न मैदानका खेलाडी न खेलका रेफ्री हुनुभएको छ, केवल दर्शक मात्र भएर हुँदैन, समाधानमा पहल गर्न सक्ने हुनुपर्छ ।”

सार्कका सदस्य मुलुक भारतले पाकिस्तानसँगको तनावका कारण भारतले पाकिस्तानमा आगामी कात्तिकमा हुने तय भएको शिखर सम्मेलनमा भाग नलिने जनाएपछि अन्य केही सदस्य मुलुकले पनि सहभागि नहुने जनाएका छन् ।

अर्काे प्रसंमा एमाले अध्यक्ष ओलीले एमालेको नीति, विचार र सिद्धान्त अरु कुनै पार्टीसँग तुलना हुन नसक्ने बताउँदै देशलाई अग्रगामी दिशा र समृद्धि गराउने सम्बन्धमा एमालेको नीति अरुको भन्दा उत्तम भएको दाबी गरे । उनले भने, “एमाले आकाशमा उडेको बाज हो, अरु दल भुइँको बट्इ हुन् ।”

कार्यक्रममा महासचिव ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकारका समयमा ल्याइएका राम्रा नीति तथा कार्यक्रमलाई प्रचारप्रसारका साथै संविधान कार्यान्वयनका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए ।

एमालेले प्रदेशस्तरीय कमिटी गठन गरेसँगै सम्पर्क समन्वय कमिटीलाई प्रदेशस्तरको कमिटीको मान्यता दिएको छ भने विगतका अञ्चल सम्पर्क कमिटी प्रदेशमा समायोजन हुनेछन् ।

प्रकासित मितिः २०७३ असोज १३

वि.सं.२०७३ असोज १३ बिहीवार १९:५५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...