back
NMB ad

नतिजा वाम गठबन्धनको पक्षमा आउँछ : ओली

Kumari bank ad

नेपालगन्ज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा वाम गठबन्धनको पक्षमा आउने बताउनुभएको छ ।

वाम गठबन्धनद्वारा आज यहाँ आयोजित चुनावी सभामा उहाँले भन्नुभयो, ‘“म मुलुकको जुनजुन ठाउँमा गए, वाम गठबन्धनकै पक्षमा जनलहर उर्लिएको पाएँ, यसले अबको सरकार वाम गठबन्धनको हुने संकेत दिएको छ ।”

अध्यक्ष ओलीले वाम गठबन्धनको सरकार बन्यो भने सबै नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेर आर्थिक समृद्धि र विकासको बाटोमा मुलुकलाई अघि बढाइने विश्वास दिलाउनुभयो ।

“हामी सबै नेपालीको सम्मान र समान आदर गर्छौं, हाम्रो सहअस्तित्वको जगेर्नाबाट मात्र राष्ट्रिय एकता र स्वाभिमानलाई जीवन्त राख्न सकिन्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले संविधान निर्माणपछि यसको कार्यान्वयनको बाटो सहज थिएन, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि यसको कार्यान्वयनको मार्ग प्रशस्त हुनेछ र मुलुकलाई स्थिर राजनीतिको मार्गमा हिँडाइनेछ भन्नुभयो ।

नेकपा ९माओावादी केन्द्र०का नेता रामबहादुर थापाले ‘यो चुनाव हामी बहुमतले जित्दैछाँै, अब बन्ने कम्युनिष्टको शक्तिशाली सरकारले मुलुकमा औद्योगिक र आर्थिक क्रान्तिको ढोका खोल्नेछ’, भन्नुभयो ।

वि.सं.२०७४ मंसिर ११ सोमवार १९:५४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...