back
NMB ad

सत्ता परिवर्तनको हतार नगर्न अध्यक्ष ओलीको आग्रह

Kumari bank ad

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभएसम्म सत्ता परिवर्तनको हतार नगर्न सत्तागठबन्धन दललाई आग्रह गरेका छन् ।

आज यहाँ आयोजित पत्रकार भेटघाटमा ओलीले निर्वाचन गराउने, नीति कार्यक्रम र बजेट ल्याउने कामहरु छाडेर नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई सरकार लिन र छाड्नका लागि देखिएको हतारोले निर्वाचन प्रभावित हुन सक्नेतर्फ गम्भीर हुन आग्रह गरे ।

अध्यक्ष ओलीले भने, “मैले दुवै दलका प्रमुखलाई कम्तीमा २०, २२ दिन त पर्खनुस्, लोकलाजको पनि ख्याल गर्नुस् भनेको छु, यो हाम्रो मामिला हो भन्दैहुनुुहन्थ्यो, तर यो अस्थिरता निम्त्याउने कुरा पनि हो ।”

निर्वाचनको मिति तय भइसकेपछि सरकारले संविधान र सहमति विपरीत स्थानीय तहको सङ्ख्या थपेकोमो आपत्ति जनाउँदै उनले त्यस्तो निर्णय फिर्ता गर्न सरकारसँग माग गरे ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले ११ जिल्लामा २२ स्थानीय तह थप र केहीलाई स्तरोन्नति गरेको थियो । निर्वाचन आयोगले सरकारको उक्त निर्णयलाई आचारसंहिता विपरीत भनी स्पष्टरुपमा भन्नुपर्ने र सरकारले पनि निर्णय सच्याउनुपर्ने अध्यक्ष ओलीले बताए ।

उनले संविधान संशोधन विधेयक पनि फिर्ता लिनुपर्ने माग गर्दै पहिलो चरणको स्थानीय निर्वाचनमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गरिनुपर्नेमा जोड दिए ।

निर्वाचनलाई प्रभावित हुने गरी बजेटमा नयाँ कार्यक्रम नल्याउन र करका दायरा यथावत् राख्न माग गर्दै उनले “राष्ट्रिय जनता पार्टीले राष्ट्रिय भावनाका साथ लोकतान्त्रिक अभ्यास र प्रक्रियामा साथ दिने अपेक्षा पनि व्यक्त गरे ।

वि.सं.२०७४ जेठ ९ मंगलवार २०:१३ मा प्रकाशित

You can share this post!

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...