back
NMB ad

लालबाबुको आक्रोश ‘सडक र दशगजाबाट संविधान संशोधन हुँदैन’

Kumari bank ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले म्याद तामेलीको हिसावले संविधान संशोधन गर्न चाहेको हो भने एमालेले सहयोग नगर्ने चेतावनी दिए ।
नेता पण्डितले आफ्नो पार्टीले देशको आवश्यकत्ता अनुसार मात्रै संविधान संशोधन हुने कुरा गरेको बताएका हुन् । उनले संविधान संशोधनको माग गर्ने मधेशी मोर्चाभित्रै एकरुपता नभएको आरोप समेत लगाए । नेता पण्डितले थपे,‘सरकार अहिले अलमलिएको छ, सरकारका पदाधिकारीहरु छिमेकीसँग बकपत्र गर्न कुद्छन् ।’
उनले नेपाल सँधै अशान्त रहीरहोस र कहिल्यै स्थिरता नहोस भन्नेहरु अहिले सक्रिय भएको आरोप लगाए । उनले अघि थपे,‘नेपालको संविधान समृद्ध हामीले बनाउने हो, तर यहाँ त हामीभन्दा बढ्दा टाउको दुखाई अरु विदेशीहरुलाई भएको छ, यो किन ?’
उनले संविधान संशोधनका पक्षधरहरुको माग एउटै छ है भनेर सरकारले कबुल गर्न सक्नुपर्ने समेत चूनौति दिए । उनले अघि थपे,‘एउटै माग हो भनेर पहिला कबुल गर्नुहोस्, विगतमा जस्तै संविधानलाई सत्तासँग जोड्ने काम गर्नुहुँदैन ।’ उनले छिमेकबाट कोही आए कि केही नेताहरु लम्पसार परिहाल्ने प्रवृत्ति हावी भएको समेत आरोप लगाए ।
उनले संविधान जारी गर्ने शक्तिहरुले डरले थुरुथुरु काँपेर खुट्टा कमाउने हो भने जनताले यो देशमा कहिल्यैपनि शान्ति प्राप्त गर्न नसक्ने समेत ठोकुवा गरे । नेता पण्डितले देश र जनताको आवश्यकत्ता भएमात्रै एमालेले संविधान संशोधनमा सहयोग गर्ने कुरा सार्वजनिक रुपमै आफ्नो पार्टीले राखिसकेकोले उक्त अडानबाट पछि नहट्ने जिकिर गरे ।
उनले भाषा विवाद समाधानको लागि भाषा आयोग गठन भैसकेको भन्दै यसबारेमा अनावश्यक झमेला र समस्या उत्पन्न गराउन नहुने स्पष्ट पारे । पण्डितले सडक र दशगजाबाट संविधान संशोधन नहुने समेत ठोकुवा गरे ।

वि.सं.२०७३ मंसिर ८ बुधवार १८:३६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...