back
NMB ad

विद्यालयलाई रु ३० लाख बराबरको जग्गादान

Kumari bank ad

म्याग्दी । बेनी नगरपालिका–१३ तातोपानीमा रहेको सरस्वती माविलाई एक दम्पतीले रु ३० लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन् । विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले गत बिहीबारदेखि सञ्चालित महायज्ञ तथा धार्मिक, शैक्षिक महोत्सवको अवसरमा जग्गा सहयोग प्राप्त भएको हो ।

तातोपानी फापरखेत घर भई हाल चितवन टाँडी निवासी टुङ्गलाल अधिकारी र उनकी श्रीमती तारा अधिकारी शर्माले सोमबार करिब दुई रोपनी जग्गादान गर्नुभएको मूल आयोजक समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।

स्थानीय मूल्यांकन अनुसार सो जग्गाको मूल्य रु ३० लाख कायम गरिएको छ । जग्गादाता अधिकारी दम्पतीलाई विद्यालय तथा महायज्ञ आयोजकको तर्फबाट सम्मान गरिएको थियो । विद्यालय परिसरमा अधिकारीको अर्धकदको सालिक र परिवारका सदस्यको नामावली विवरण रहेको ताम्रपत्र राख्ने निर्णय भएको छ ।

यसैगरी, सिङ्गा तातोपानी शैक्षिक एवम् धार्मिक महोत्सव तथा महायज्ञको पाँचौँ दिन सोमबारसम्म जिन्सीबाहेक रु ३८ लाख ८५ हजार सहयोग सङ्कलन भएको प्रचारप्रसार उपसमितिका संयोजक विक्रम बुढाथोकीले जानकारी दिए । सोमबार रु १७ लाख १७ हजार १३ नगद सहयोग प्राप्त भएको हो ।

माघ २० गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित नारायण न्यौपानेले कथावाचन गरिरहेका छन् । सरस्वती माविमा प्राविधिक शिक्षाको विस्तार गर्ने, कक्षा ११ र १२ को पठनपाठन सञ्चालन र शैक्षिक तथा भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महोत्सव सञ्चालन गरिएको व्यवस्थापन समितिका अध्यक्ष विष्णुदत्त उपाध्यायले बताए ।

सत्रजना शिक्षक, शिक्षिका कार्यरत विद्यालयमा पाँचजना मात्र दरबन्दीका छन् । १२ जनाको तलब निजी स्रोतबाट व्यवस्थापन हँुदै आएको छ । विद्यालयमा तीनसय २० जना भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

१८ माघ २०७३, रासस, ११।००

वि.सं.२०७३ माघ १८ मंगलवार १३:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...